हरि घिमिरे, वाणगंगा ।
कपिलवस्तुको वाणगंगा ८ बोडगाउँ स्थित मायादेवि रंगशालामा जारी प्रदेश स्तरिय क्रिकेटको सेमिफाइनल समिकरण पुरा भएको छ । आइतबार भएका क्वाटर फाइनलका खेल संगै सेमिफाइनल समिकरण पुरा भएको हो ।
आइतबारको पहिलो खेलमा सनराइज सामाजिक विकास मञ्च विजयी भएको छ । सनराइजले ज्ञानोदय गोल्ड ८२ रनको विशाल अन्तरले हराएको छ । आयोजकले पहिले ब्याटिङ गर्दै ५ विकेटको क्षतिमा १ सय ७४ रनको लक्ष्य दिएकोमा जवाफि ब्याटिङ थालेको ज्ञानोदय ७ विकेटको गुमाउँदै ९१ रनमै समिमित भएपछि हार भोगेको हो । पहिलो खेलमा ७६ रन बटुलेर ३ विकेट लिएका लोक राना म्यान अफ द म्याच बन्न सफल भए ।
यस्तै दोश्रो खेलमा शान्ति युथ क्लव विजयी भएको छ । शान्तिले द राईजिङ युथ क्लव गोरुसिङगेलाई ६ विकेटले पराजित गरेको हो । टस जितेर ब्याटिङ रोजेको द राईजिङले १३ ओभरको समाप्तिमा अलआउट हुँदै ७० रनको लक्ष्य प्रस्तुत गरेको थियो । उक्त लक्ष्य शान्ति युथले ९ ओभरमै ४ विकेटको क्षतिमा पुरा गर्यो । दोस्रो खेलबाट जमसेद अलि म्यान अफ द म्याच बन्न सफल भए । उनले १६ रन तथा २ विकेट लिएका थिए ।
त्यस्तै तेस्रो क्वाटरफाईलन खेलमा लक्ष्मणघाटलाई खाँन ईलावेनले १७ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ रोजेको खाँले ८ विकेटको क्षतिमा ९२ रनको लक्ष्य प्रस्तुत गरेको थियो । उक्त लक्ष्य पछ्याउँने क्रममा स्टयाडर्ड टेलरिङ ८ विकेट गुमाउँदै ७५ रनमै सिमित भएपछि खान इलाभेनको जित निश्चित भएको हो । तेस्रो खेलबाट विरु कुर्मि म्यान अफ द म्याच बन्न सफल भए । उनले ४ विकेट लिएका थिए ।
यस्तै प्रतियोगीतामा भोलिबाट सेमिफाईनलका खेल सुरु हुनेछन् । पहिलो सेमिफाइनलमा शान्ति युथ क्लव लुम्बिनी र खाँन ईलावेन भैरहवा भीँड्ने छन् भने दोस्रो खेलमा आयोजक ए र परिवर्तनशिल युवा क्लव आमने सामने हुने खेल संयोजक माधव पौडेलले जानकारि दिनु भयो । प्रतियोगिताको फाइनल खेल पर्सी २० गते हुने छ । प्रतियोगिताको विजेताले नगद १ लाख हात पार्ने छन् ।
प्रतिक्रिया