८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

कृषि मन्त्री खनाल भन्छन, ‘सरकारले सोचे जति काम गर्न नसकेकै हो’



अराज सिंह बेल्वासे, चन्द्रौटा । 

कृषि क्षेत्रमा खरबौको लगानी अहिलेको सरकारले गर्ने कृषि तथा पशुपन्क्षी मन्त्री चक्रपाणी खनालले बताउनुभएको छ । नेकपा शिवराजको आयोजनामा भएको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा बोल्दै मन्त्री खनालले कृषिलाई आधुनिक ढंगबाट अगाडी बढाउन इजरायल सँग सम्झौता हुन लागेको जानकारी दिनुभयो ।

सरकारको काम प्रति जनताको असन्तुष्टि हुनु आफुहरुको कमजोरी भएको बताउदै बोलेका कुरा पुरा गर्नुपर्नेमा जोड दिनुभयो । चुनावको समयमा बोलका कुरा पुरा नगरेर जनताका आशालाई सरकारले मार्न नहुने बताउँदै सरकारको गरेका राम्रा कामको समेत प्रचार प्रसार हुन नसकेको बताउनुभयो । सरकारले गरेका राम्रा कामको प्रचार प्रसार गर्न उहाले आग्रह गर्नुभयो ।

मन्त्री खनालले पार्टी एकता अन्तिम चरणमा नपुग्नुको पछाडी केन्द्रका नेता तथा कमिटीको दोस नभएको बताउदै केन्द्र देखि स्थानिय तहसम्म पाटी एकता गर्ने खाका तयार भइसकेको बताउनुभयो ।

नेकपाका केन्द्रिय सदस्य बिमला घिमिरेले सरकारले संघिय संरचना अनुसार काम गर्दा केहि ढीलाइ भएको महसुर भए पनि सरकारले गरेका कामले गति लिइरहेकाले सम्पुर्ण नेकपाका कार्यकर्तालाई बाहिरी हल्लाको पछाडी नलाग्न अनुरोध गर्नु भएको छ ।

नेकपा कपिलबस्तुका प्रस्ताबित अध्यक्ष झबिलाल पोखरेलले पछिल्लो समय देशमा भइरहेका बिभत्स हत्या महिला हिंसा, बालिका बलत्कार पछि हत्या लगायतका घटनाले गर्दा सबैलाई लाज मर्दो अबस्था भैसकेको भन्दै दोषीलाई छुट दिन नहुनेमा जोड दिनुभयो ।

प्रदेश न. ५ का प्रदेश सदस्य अर्जुन केसिले सरकारको काम तिव्र गतिमा हुन नसके पनि अब बिकासले गति लिने बताउनुभयो । बर्षौ सम्म सत्तामा रहेका बिपक्षीहरुले एक बर्ष सरकार बाहिर रहेर राम्रा कामको पनि समर्थन नगरेकोमा उहाले दुख व्यक्त गर्नुभयो ।

कार्यक्रममा नेकपाका केन्द्रिय सदस्य डोर प्रसाद उपाध्याय, केन्द्रिय सदस्य गिरिधारीलाल न्यौपाने, पुर्ब मन्त्री इश्वर दयाल मिश्र लगायत नेता कार्यकर्ताको सहभागिता रहेको थियो । कार्यक्रम शिबराज नगरपालिका प्रमुख नेत्रराज अधिकारीको अध्यक्षता र दिनेश पुनको संचालनमा समपन्न भएको थियो ।

 

प्रकाशित मिति : १८ कार्तिक २०७५ आइतबार ००:००  १ : २९ बजे