एजेन्सी ।
अष्ट्रेलियाविरुद्धको पहिलो एक दिवसीय क्रिकेटमा दक्षिण अफ्रिका ६ विकेटले विजयी भएको छ । अष्ट्रेलिया भ्रमणमा रहेको दक्षिण अफ्रिकाले पर्थमा घरेलु टोलीलाई ३८.१ ओभारमा १५२ रनमा अल आउट गरेको थियो । सुरुदेखि दबाबमा आएको अष्ट्रेलियाका लागि नेथन कुल्टर नाइलले सर्वाधिक ३४ रन जोडेका थिए । एलेक्स केरीले ३३ तथा क्रिस लिनले १५ रन बनाए ।
दक्षिण अफ्रिकाका एन्डिल फेलुक्वायोले ३ विकेट लिए भने डेल स्टेन, लुंगी एंगिडी र इमरान ताहिरले दुई दुई विकेट लिएका थिए ।
१५३ रनको सामान्य लक्ष्य दक्षिण अफ्रिकाले ४ विकेट गुमाएर २९।२ ओभरमा पूरा गरेको थियो । अफ्रिकाको जितमा क्वीन्टन डी ककले ४७ तथा रीजा हेन्ड्रिक्सले ४४ रन बनाएका थिए ।
बलिङतर्फ अष्ट्रेलियाका मार्कस स्टोइनिसले ३ विकेट लिए । तीन वटा एकदिवसीय क्रिकेट श्रृंखलाअन्तर्गत दोस्रो एक दिवसीय खेल आउँदो शुक्रबार हुने छ ।
प्रतिक्रिया