८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

पूर्वमन्त्री एवं वामपन्थी नेता पद्मरत्न तुलाधरको निधन



काठमाडौं ।
पूर्वमन्त्री, मानवअधिकारकर्मी एवं वामपन्थी नेता पद्मरत्न तुलाधरको आज निधन भएको छ । ७८ वर्षको उमेरमा तुलाधरको आज दिउँसो नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो । मष्तिष्कघात र मृगौला समस्याबाट ग्रसित तुलाधरलाई केही महिनाअघि मात्रै अस्पताल भर्ना गरिएको थियो ।
उहाँका दुई छोरा र दुई छोरी हुनुहुन्छ । तुलाधर २०५२ सालमा स्वास्थ्य तथा श्रममन्त्री बन्नु भएको थियो । २०५६ सालमा राजनीतिबाट निष्क्रिय भएपछि उहाँ मावन अधिकार अभियन्ताका रुपमा चिनिनु भएको हो ।
पञ्चायतकाल देखि राजनीति थाल्नु भएका तुलाधार २०६२–६३ को जनआन्दोलनमा नेताहरुसँगै आन्दोलनमा सहभागी हुनुभएको थियो । तुलाधरले तत्कालीन माओबादीलाई शान्ति प्रक्रियामा ल्याउन महत्वपूर्ण भूमिका खेल्नुभएको थियो ।

प्रकाशित मिति : १८ कार्तिक २०७५ आइतबार ००:००  १ : २२ बजे