८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

माउण्ट एभरेष्टको २० औं साधारणसभा सम्पन्न



मायादेवी अनलाइन, वाणगंगा ।
कपिलवस्तुको वाणगंगा नगरपालिका कोपवामा रहेको माउण्ट एभरेष्ट बचत तथा ऋण सहकारी संस्थाको २० औ साधारणसभा शनिबार सम्पन्न भएको छ । साधारणसभाको उद्घाटन गर्दै प्रदेश सांसद विष्णु पन्थीले सहकारी समृद्धिको आधार रहेको भन्दै सहकारीलाई अझ व्यवस्थित बनाउदै जानुपर्ने बताउनुभयो ।

उहाँले सहकारीले आफना सदस्यलाई लगानी र उत्पादनसंग जोड्नुपर्ने बताउनुभयो । सहकारीले सामान्य जनतालाई पनि वित्तिय ज्ञान सिकाएको भन्दै राज्यको निती र नियममा रहेर सहकारी संञ्चालन गर्नुपर्नेमा सांसद पन्थीले जोड दिनुभयो ।

वाणगंगाको पुरानो सहकारीको रुपमा स्थापित रहेको माउण्ट एभरेष्टले अनौपचारिक र औपचारिक गरि करिब दुई दशक पार गरिसकेको छ । कार्यक्रममा जिल्ला समन्वय समितिका उप प्रमुख तारावती चौधरी, वडा नम्बर ५ का वडा अध्यक्ष भिष्मराज भुसाल लगायतले सहकारीले स्थानीय स्तर आर्थिक उपार्जन संगै गाउँघरमा आर्थिक समस्या समाधान गर्न महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो ।

सहकारीको बन्दशत्रमा सहकारीका अध्यक्ष युवराज पोख्रेलले प्रस्तुत गर्नुभएको प्रगति विवरण सर्वसम्मतीले पारित भएको छ । बाणगंगा नगरपालिका वडा नं. ५ कोपवामा कार्यालय रहेको यस सहकारीका ३६ सय शेयर सदस्य रहेका छन् । सहकारीले १५ करोडको आर्थिक कारोबार गरेको कार्यक्रममा जानकारी दिइएको थियो । यसक्षेत्रको पुरानै र संस्थागत विकासमा अघि बढेको माउण्ट एभरेष्ट सहकारीले १० जनालाई रोजगारी पनि दिएको छ ।

प्रकाशित मिति : १७ कार्तिक २०७५ शनिबार ००:००  ३ : १२ बजे