विराटनगर ।
तीन वर्षीया बालिकालाई दुव्र्यवहार गरेको आरोपमा विराटनगरका एक किराना व्यापारीलाई प्रहरीले पक्राउ गरेको छ । विराटनगर १४ का किराना व्यापारी ५२ वर्षीय भवानीप्रसाद सिंखडालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको हो। ओखलढुंगा घर भई विराटनगर महानगरपालिका ३ मा डेरा गरी बस्दै आएको एक परिवारकी ३ वर्षीया बालिकालाई सिंखडाले दुव्र्यवहार गरेको प्रहरीले जनाएको छ।
परिवारको उजुरीका आधारमा उनलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
प्रतिक्रिया