८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

राष्ट्रिय महिला आयोगमा उजुरी बढ्दै ।



काठमाडौं ।
अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा राष्ट्रिय महिला आयोगमा दर्ता हुने उजुरीमा करीब ५०० ले वृद्धि भएको छ। आयोगले शुक्रबार यहाँ आयोजना गरेको सञ्चारमाध्यमसँगको अन्तरक्रिया कार्यक्रममा प्रतिवेदनमार्फत आयोगले उक्त जानकारी गराएको हो। आर्थिक वर्ष २०७३र७४ मा ३४१ महिलासम्बन्धी घटनाको दर्ता भएको थियो ।
आर्थिक वर्ष २०७४र७५ मा भने आठ ८३८ महिलासम्बन्धी घटना दर्ता भएको प्रतिवेदनमा उल्लेख छ। आयोगका सचिव अनिलकुमार झाका अनुसार गत आर्थिक वर्षदेखि आयोगले हेल्पलाइन शुरु गरेपछि घटना दर्ता बढी हुन थालेको हो । दर्ता हुने घटनामा सबैभन्दा बढी टेलिफोन र हेल्पलाइनबाट घटना दर्ता हुने गरेको पनि सचिव झाले जानकारी दिए। गत वर्ष दर्ता भएको जम्मा घटनामध्ये सबैभन्दा बढी मानसिक तथा शारीरिक हिंसाका कारण घटेका घरेलु हिंसाका दर्ता भएका छन्।
गत आवमा आयोगमा परेको उजुरीको घटनामम्धे २१५ कानूनी कारवाहीको लागि सम्बन्धित निकायमा सिफारिश गरिएको छ। त्यसैगरी १६६ घटनाको लागि मनोसामाजिक परामर्शका लागि सिफारिश गरिएको छ। १३४ कारवाहीको लागि पत्राचार गरिएको छ, ८३ घटनामा मिलापत्र सिफारिश गरिएको र ४७ घटना सेल्टरको लागि सिफारिश गरिएको बताइएको छ।
हाल आयोगमा आउने उजुरीमा सबैभन्दा बढी काठमाडौँ उपत्यकाबाट हिंसाका घटना दर्ता हुने गरेको छ। पहिलेको भन्दा पछिल्लो समय हिंसाको स्वरुपमा परिवर्तन पनि भएको छ। अहिले हाडनाता करणी, सामूहिक बलात्कार, यौन व्यापारका लागि विभिन्न देशमा मानव तस्करी, विदेशी नागरिकबाट बालयौन शोषण र बोक्सीको आरोपमा मानसिक र शारीरिक यातनाजस्ता घटना दर्ताका लागि आउने गरेको छ।

प्रकाशित मिति : १७ कार्तिक २०७५ शनिबार ००:००  ६ : ११ बजे