८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

५ नं. प्रदेशको मन्त्री परिषद बैठक बस्यो, प्रदेश सभामा दर्ताका लागि ३६ वटा विधेयक स्वीकृत



बुटवल ।
पाँच नम्बर प्रदेश सरकारले ३६ वटा विधेयक प्रदेश सभामा दर्ताका लागि स्वीकृत गरेको छ । विजनेश नपाएर तीन महिनाअघि स्थगित भएको प्रदेशसभा बैठक मंसिर पहिलो साता बस्ने तयारी छ ।

संसदको तेस्रो अधिवेशनलाई विधेयक अधिवेशनका रुपमा लैजाने योजना सहित सरकारले ३६ विधेयक दर्ता तथा निर्माणका लागि स्वीकृति दिएको हो । यीमध्ये केही विधेयक मस्यौदाका लागि सैद्धान्तिक सहमति दिइएका हुन् ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले चार विधेयक संसदमा लानका लागि स्वीकृति दिएको छ भने सात वटा विधेयक निर्माणका लागि सैद्धान्तिक सहमति दिएको सरकारका प्रवक्ता वैजनाथ चौधरीले जानकारी दिनुभयो ।
सरकारले सहमति दिएपछि विधेयकको मस्यौदा तयार हुने व्यवस्था रहेको छ । केही दिनअघि बसेको मन्त्रिपरिषद् बैठकले १५ वटा विधेयकमाथि स्वीकृति र सैद्धान्तिक सहमति दिएको थियो ।

शुक्रबारको मन्त्रीपरिषद् बैठकले पाल्पाको रिब्दीकोट गाउँपालिकाको नाम परिवर्तन गर्ने प्रस्तावलाई स्वीकृति दिएको छ । गाउँपाािलकाको दुई तिहाई बहुमतले रिब्दीकोट भैरव नाम राख्ने प्रस्ताव पारित गरेको थियो । त्यस्तै मन्त्रिपरिषद् बैठकले जनता आवास कार्य्विधि समेत स्वीकृति गरेको छ । प्रदेश ५ मा यसअघि संसोधन सहित १५ वटा कानुन तयार भइसकेका छन् ।

प्रकाशित मिति : १६ कार्तिक २०७५ शुक्रबार ००:००  ११ : ४८ बजे