८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

केशव स्थापित मन्त्रीबाट बर्खास्त, मुख्यमन्त्री प्रति अभद्र व्यवहार देखाएको आरोप



मकवानपुर ।
तीन नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई मन्त्रिपरिषद बैठकमा अभद्र व्यबहार गरेको भन्दै भौतिक पूर्वाधार तथा विकास मन्त्री केशब स्थापितलाई पदबाट बर्खास्त भएका छन् । तीन नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले भौतिक पूर्वाधार तथा विकास मन्त्री केशव स्थापितलाई शुक्रबार दिउँसो बर्खास्त गर्नुभएको हो ।
मन्त्री स्थापितको काम र व्यवहार प्रति असन्तुष्ट रहनुभएका पौडेलले स्थापितलाई बर्खास्थ गर्नुभएको हो ।
संविधानको धारा एक सय ६९ को उपधारा २ को खण्ड ख बमोजिम स्थापितलाई पद मुक्त गरिएको प्रदेश नम्बर ३ ले जनाएको छ । तीन नम्बर प्रदेशको भौतिक पूर्वाधार तथा विकास मन्त्रालय भने मुख्यमन्त्री पौडेल आफैले राख्नुभएको छ ।
स्थापितलाई पद मुक्त गरेको चिठ्ठी भने तीन नम्बर प्रदेशका प्रदेश प्रमुख अनुराधा कोइरालालाई बुझाइएको मुख्यमन्त्रीका स्वकिय सचिव अनुप पौडेलले बताउनुभयो ।

प्रकाशित मिति : १६ कार्तिक २०७५ शुक्रबार ००:००  १० : ४८ बजे