८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

पाकिस्तान र चीनसँग भारतको कुटनीतिक सम्बन्ध चिसियो



एजेन्सी ।
चीन र पाकिस्तानको बीचमा प्रस्तावित बस सेवा परियोजनाप्रति भारतले आपत्ति जनाएको छ । भारतीय सञ्चारमाध्यमहरुका अनुसार पाकिस्तान र चीनबीचको सम्झौलताले दुवै देशसँभ भारतको कुटनीतिक सम्बन्ध चिसिएको छ ।
दुई देशबीचको सम्झौताअनुसार लाहोरबाट पाकिस्तान प्रशासित कश्मीर हुँदै चीनको शिनजियाङसम्म बस सेवा सञ्चालन हुनेछ । जनसत्तामा छापिएको खबरअनुसार भारतले यो बस सेवाको चीन तथा पाकिस्तान दुवै देशसामु विरोध जनाएको छ । पाकिस्तानी प्रधानमन्त्री इमरान खान बिहीबारदेखि ५ दिने चीन भ्रमणमा रहेका छन् । भारतीय विदेश सचिव विजय गोखलेले राष्ट्रिय सीमाबाट बाहिर सम्पर्क गर्दा कुनै पनि देशको सम्प्रभुता तथा क्षेत्रीय अखण्डताको सम्मान हुनुपर्ने बताएका छन् ।

प्रकाशित मिति : १६ कार्तिक २०७५ शुक्रबार ००:००  ७ : ०३ बजे