बाबुराम रायमाझी, (झापा) ।
प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना धान जोन कपिलवस्तुको एक टोली पाँच दिने अवलोकनका लागि झापा पुगेको छ । झापामा रहेका विभिन्न धानका किसिम, सिंचाई प्रणाली, कृषि उपकरण लगाएतको अवलोकनका लागि उक्त टोली झापा पुगेको हो ।
अवलोकन टोलीमा संस्थाका संचालक समिती सदस्य, उत्कृष्ट शिक्षक सरोकारवाला लगायत ५ जना रहेका छन् । टोलीले झापाको बनियानीमा भएको कार्यक्रममा विभिन्न उपकरण प्रविधी लगायतको अवलोकन गरेका छन ।
भ्रमण टोलीमा प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कपिलवस्तुका अध्यक्ष द्रोणराज सुवेदी, भागिरथा प्याकुरेल, परियोजनाका कार्यालय प्रमुख मुकुन्द भुसाल लगायतको संलग्नता रहेको छ ।
१६ कार्तिक २०७५ शुक्रबार ००:००
0
Shares
प्रतिक्रिया