७ मंसिर २०८१, शुक्रबार | Sat Nov 23 2024

कार्तिक भित्रै शिवराज खुल्ला दिसामुक्त हुँदै, बाँकी दुई वडा, अभियान तीव्र



मायादेवी अनलाइन, चन्द्रौटा । 

कपिलवस्तुको शिवराज नगरपालिकालाई खुल्ला दिसामुक्त घोषणा गर्ने अभियानलाई तीव्र पारिएको छ । मंसिर मसान्त भित्र सिंगो जिल्लालाई खुल्ला दिसामुक्त बनाउन यस अघि कपिलवस्तुका जनप्रतिनिधिले प्रतिबद्धता व्यक्त गरिसकेका छन । सोही प्रतिबद्धता अनुसार सिंगो नगरलाई खुल्ला दिसामुक्त बनाउन थालिएको हो ।

नगरपालिकाका ११ वडा मध्ये हाल सम्म ९ वडा खुल्ला दिसामुक्त घोषणा भैसकेका छन । बाकी दुई वडा वडा नं. ६ र ७ लाई कार्तिक मसान्त भित्र खुल्ला दिसामुक्त बनाउने गरी काम भैरहेको शिवराज नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेलले मायादेवी अनलाइनलाई जानकारी दिनुभयो ।

सबै वडा खुल्ला दिसामुक्त घोषणा भैसकेको पछि सिंगो नगरपालिकालाई नै तोकिएको समय भित्र घोषणा गर्ने उहाले जानकारी दिनुभयो । अभियान अन्तर्रगत नगरपालिकाले आज भन्दा तीन दिन पहिला वडा नं. ८ लाई खुल्ला दिसामुक्त घोषणा गरिसकेको छ ।

यता जिल्लामा खुला दिसामुक्त बनाउने अभियान विगत केहि बर्ष देखि जारी छ । तर जिल्ला अझै खुला दिसामुक्त हुन सकेको छैन । हरेक बर्ष जिल्लालाई खुला दिसामुक्त बनाउने सरोकारवालाले प्रतिबद्धता जनाउने गर्छन । तर काम भने गर्दैनन । जिल्लालाई खुला दिसा बनाउने मिति सार्दै छैठौ पटक सम्म पु¥याइएको छ ।

यसले पनि यहाँका सरोकारवालाले आफैले तोकेको समय भित्र काम गर्दैनन भन्ने प्रष्ट देखाउँछ । खुला दिसामुक्त बनाउने समयमा काम पुरा हुन नसके पछि छैठौ पटक मिति सारिएको छ । जिल्लाका १० स्थानीय तह मध्ये वाणगंगा र बुद्धभूमि नगरपालिका तथा विजयनगर गाउँपालिका मात्र खुला दिसामुक्त बनेका छन् ।

प्रकाशित मिति : १६ कार्तिक २०७५ शुक्रबार ००:००  ४ : ४९ बजे