७ मंसिर २०८१, शुक्रबार | Sat Nov 23 2024

कांग्रेसले चियापानको आयोजना गर्दै, तौलिहवामा पनि भव्य कार्यक्रम आयोजना



कपिलवस्तु । 

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विजया दशमी, दीपावली, नेपाल संवत्, छठलगायत पर्वका अवसरमा आज चियापान कार्यक्रमको आयोजना गर्दैछ ।

चियापान कार्यक्रममा विभिन्न क्षेत्रका करिब एक लाख व्यक्तित्वलाई निमन्त्रणा गरिएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।

कांग्रेसले आज काठमाडौँ उपत्यकाको केन्द्रीय कार्यालयमा अपराह्न १ बजेदेखि साँझ ५ बजेसम्म केन्द्रीय कार्यालय ललितपुरमा कार्यक्रमको आयोजना गरेको छ ।

कार्यक्रममा राजनीतिक दलका नेता, मन्त्रिपरिषद्का सदस्य, सांसद, संवैधानिक निकायका प्रमुख, सरकारका विशिष्ट श्रेणीका राष्ट्रसेवक, सुरक्षा निकायका प्रमुख, कूटनीतिक नियोगका प्रमुख, उद्योगपति एवं व्यवसायी, पेशागत एवं बुद्धिजीवी, नागरिक समाजका अगुवा, मानव अधिकारकर्मी, सञ्चार गृह, पत्रकार, गैरआवासीय नेपालीका सङ्घ–संस्थाका प्रमुखलगायतका विशिष्ट महानुभाव, काङ्ग्रेसका सदस्य एवं शुभेच्छुकको सहभागिता रहने प्रवक्ता शर्माले बताउनु भयो । उहाका अनुसार बाँकी ७४ जिल्लामा पनि कार्यक्रम हुने छ ।

यसैबीच नेपाली काँग्रेश कपिलवस्तुले पनि आज चियापान कार्यक्रमको आयोजना गरेको छ । पार्टी कार्यालय तौलिहवामा विहान ११ बजेदेखि कार्यक्रम आयोजना हुने पार्टीले जनाएको छ । कार्यक्रममा यस क्षेत्रका सांसद तथा केन्द्रिय सदस्य संगै जिल्लाका नेता कार्यकर्ताको उपस्थिति रहने जनाइएको छ ।

प्रकाशित मिति : १६ कार्तिक २०७५ शुक्रबार ००:००  ४ : १२ बजे