७ मंसिर २०८१, शुक्रबार | Sat Nov 23 2024

फरार रहेका दुई अभियुक्त दुई वर्षपछि पक्राउ



डडेल्धुरा ।
बहुविवाहको आरोपमा फरार रहेका दुई अभियुक्तलाई प्रहरीले दुई वर्षपछि पक्राउ गरेको छ। बहुविवााह मुद्धा डडेल्धुरा जिल्ला अदालतबाट ०७३ वैशाख १८ गते २–२ वर्ष कैद र १०–१० हजार जरिवाना फैसला गरेलगत्तै हालसम्म फरार रहेका अभियुक्तलाई मंगलबार पक्राउ गरेका हो। पक्राउ पर्नेमा जिल्लाको आलिताल गाउँपालिका–१ बस्ने विक्रम बोगटी र सोही ठाउँकी सरु भनिने सुशीला बोगटी रहेका जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ। मंगलबार पक्राउ परेका दुवैजनालाई बुधबार डडेल्धुरा जिल्ला अदालतमा बुझाइएको र अदालतले दुवै जनालाई कैद भुक्तानका लागि कारागार चलान गरिएको प्रहरी नायव उपरीक्षक डम्बरबहादुर केसीले जानकारी दिए।

प्रकाशित मिति : १५ कार्तिक २०७५ बिहिबार ००:००  ६ : ४९ बजे