७ मंसिर २०८१, शुक्रबार | Sat Nov 23 2024

१७ लाख बढीको रिचार्ज कार्ड चोर्ने पक्राउ



काठमाडौं ।
नेपाल टेलिकमको १७ लाख रुपैयाँ बराबरको रिचार्ज कार्ड चोरी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा रोल्पाको मालि गाउँपालिका–१ का २१ वर्षीय दलबहादुर पुन रहेका छन्। पुनलाई जिल्ला प्रहरी कार्यालय दाङले ठूलो संख्यामा चोरी गरेको रिचार्ज कार्डसहित पक्राउ गरेको दाङका प्रहरी उपरीक्षक ९एसपी० कृष्णहरि शर्माले जानकारी दिए। पुनलाई प्रहरीले नेपाल टेलिकमको रिचार्ज कार्ड चोरी भएको २१ दिनपछि इलाका प्रहरी कार्यालय थवाङको सहयोगमा बुधबार रोल्पाबाटै पक्राउ गरेको हो।
उनले चोरी गरेका रिचार्ज कार्डहरू प्युठानको स्वर्गद्वारी गाउँपालिका–७ स्थित ससुराली घरमा समेत लुकाएर राखेको प्रहरी एसपी शर्माको भनाइ छ। पुनले सुभलक्ष्मी नमस्ते डिस्टिब्युटर स्वर्गद्वारी घोराहीबाट ना६ख ९३४५ नम्बरको बसमा लोड गरी चितवनतर्फ लैजाँदै गर्दा बसबाट रिचार्ज कार्ड चोरी गरेका थिए ।उनलाई चोरी मुद्दाअन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १५ कार्तिक २०७५ बिहिबार ००:००  ६ : ३८ बजे