७ मंसिर २०८१, शुक्रबार | Sat Nov 23 2024

राष्ट्रिय परिचय पत्र छापिँदै, पहिलो चरणमा ५० हजार छाप्ने तयारी



काठमाडौं ।

सरकारले बिहीबारदेखि राष्ट्रिय परिचय पत्र छपाईको काम सुरु गर्दैछ । राष्ट्रिय परिचय पत्र व्यवस्थापन केन्द्रका निर्देशक एवं सूचना अधिकारी शिवराज जोशीका अनुसार पहिलो चरणमा झण्डै ५० हजार परिचय पत्र छापिनेछ । केन्द्रले पहिलो चरणमा परिचयपत्र छाप्न सिंहदरबारका ७ हजार कर्मचारी र पाँचथरका १ लाख १० हजार नागरिकको व्यक्तिगत विवरण संकलन गरेको छ ।

व्यक्तिगत र वायोमेट्रिक विवरण संकलन भएका व्यक्तिको परिचयपत्र छाप्ने केन्द्रको तयारी छ । राष्ट्रिय परिचय पत्र व्यवस्थापन केन्द्रका निर्देशक एवं सूचना अधिकारी जोशीका अनुसार परिचयपत्रमा आमाबुबाको नामसहित व्यक्तिको व्यक्तिगत विवरण हुनेछ ।

यस्तै एउटा अर्को चिप्समा उसको फोटो र हातका १० औलाको छाप हुने भएकाले कसैले पनि परिचय पत्र नक्कली बनाउन नसक्ने उहाँको दाबी छ । परिचयपत्र देशभरी नै विस्तार गरेपछि अरु सेवामा पनि आवद्ध गर्न सकिने जोशीले बताउनुभयो ।

प्रकाशित मिति : १५ कार्तिक २०७५ बिहिबार ००:००  ४ : ४५ बजे