७ मंसिर २०८१, शुक्रबार | Sat Nov 23 2024

प्रधानमन्त्री ओली डिस्चार्ज हुँदै, एक हप्ता आराम र भेटघाट सिमित गर्नुपर्ने



मायादेवी अनलाइन, काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओली सकेसम्म आज साँझ ढिला भए शुक्रबार विहान डिस्चार्ज हुनु हुने भएको छ । त्रिवि शिक्षण अस्पतालमा उपचाररत ओलीको स्वास्थ्यमा क्रमिक रुपमा सुधार आएकोले ढिलोमा भोलीसम्म डिस्चार्ज गरिने उपचारमा संलग्न डाक्टरले बताएका छन् ।

प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार भइरहेको र सबै परीक्षणका रिपोर्टहरु नर्मल आएकाले उहाँ नियमित काममा फर्कन सक्ने गरी निको हुन लागेको पनि बताइएको छ । डाक्टरहरुका अनुसार आज बेलुका सबै परीक्षणका सबै रिपोर्टहरु हेरिने र त्यसमा पनि नर्मल आए ओलीलाई आजै डिस्चार्ज गरिनेछ । सन्चो भए पनि प्रधानमन्त्री ओलीले कम्तिमा पनि एक हप्ता आराम गर्नुपर्ने छ ।

उपचारमा संलग्न डा. दिव्या सिंह शाहले भन्नुभयो–“डिस्चार्ज गरे पनि एक हप्तासम्म कडा निगरानीमा गरिने र त्यो बेला भेटघाट नगर्न वा गर्नै परे पनि निकै सीमित गर्नुपर्ने हुन्छ ।” छातीमा संक्रमण देखिएपछि ओलीलाई सोमबार बिहान महाराजगञ्ज स्थित त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको थियो । सकेसम्म बिहीबार बेलुका र त्यो भन्दा पर धकेलिए शुक्रबार बिहानसम्ममा ओलीलाई डिस्चार्ज गर्ने तयारी छ ।

प्रकाशित मिति : १५ कार्तिक २०७५ बिहिबार ००:००  ४ : ४२ बजे