७ मंसिर २०८१, शुक्रबार | Sat Nov 23 2024

टर्की भन्छ, खसोग्गीको घाँटी थिचेर हत्या गरियो, शरीर टुक्राटुक्रा पारियो



एजेन्सी ।

साउदी पत्रकार जमाल खसोग्गीको हत्याको बारेमा पहिलो पटक टर्कीले आधिकारीक बयान दिएको छ । पत्रकार खसोग्गीको हत्या करी भएको थियो भन्नेबारे पहिलो पटक टर्कीले जवाफ दिएको हो ।

जानकारी अनुसार पत्रकार जमाल खसोग्गी दूतावास प्रवेश गर्ने वित्तिकै उनको घाँटी थिचेर हत्या गरिएको थियो । तर यसबारे टर्कीले कुनै पनि प्रमाण भने पेश गरेको छैन ।

टर्कीले दिएको बयानका अनुसार ‘उनको हत्याको योजना पहिला नै तय भैसकेको थियो । योजना अनुरुप नै खसोग्गी साउदी अरबको वाणिज्य दूतावासमा प्रवेश गर्नेवित्तिकै घाँटी थिचेर हत्या गरियो र उनको शवलाई टुक्राटुक्रा गरी नष्ट गरियो ।

साउदी नागरिक खसोग्ग अमेरिकी सञ्चारमाध्यममा काम गर्थे । उनी साउदी अरबको शासकको कडा आलोचकको रुपमा परिचित थिए । गएको अक्टोबर २ तारिखमा खसोग्गी इस्तानबुलको साउदी दूतावास गएका थिए जहाँ उनको हत्या गरिएको थियो । साउदी सरकारले सुरुमा दूतावासभित्रको उनको हत्या अस्वीकार गरेको थियो ।

गत हप्ता खसोग्गीकी प्रेमिका हेतिस सेन्जिगले स्थानीय टिभी च्यानललाई एक अन्तर्वार्ता दिएकी थिइन् । उनले भनेकी थिइन् ‘साउदी अरबले खसोग्गीलाई मार्ने षड्यन्त्र रचेको थाहा पाएको भए उनलाई दूतावासमा जान दिदैनथेँ ।’

खासोग्गी आफ्नो विवाहका लागि केही कागजात लिनका लागि दूतावास गएका थिए । खसोग्गीको हत्याबारे साउदी अरबले विभिन्न किसिमका जानकारी दिँदै आएको छ । पहिले साउदी अरबले दुताबासमा उनको हत्या नभएको र उनी दूतावासबाट दाबी गरेको थियो, पछि उनको हत्या भएको स्वीकारेको थियो ।

प्रकाशित मिति : १५ कार्तिक २०७५ बिहिबार ००:००  ३ : ४४ बजे