७ मंसिर २०८१, शुक्रबार | Sat Nov 23 2024

सुगर मिल नहुँदा उखु किसान मारमा, उखु बेच्ने सिजन आयो, कहाँ लगेर बेच्ने पिरलो



मायादेवी अनलाइन, चन्द्रौटा ।
दशकौ देखि सञ्चालनमा रहेको श्री महालक्ष्मी सुगर्स मिल गत बर्ष नै अन्यन्त्र सरेपछि कपिलवस्तुका उखुँ किसान चिन्तित बनेका छन् । कपिलवस्तुको पश्चिमी क्षेत्र शिवराज नगरपालिका ७ जबाभारीमा रहेको सुगर्स मिल सर्लाहीमा स्थानान्तरण भएपछि जिल्लाका ऊखु किसान चिन्तित बनेका हुन् ।

गत बर्षको ऊखु सिजनमै मिल स्थानान्तरण भएको थियो । गत बर्ष देखि व्यवसायिक रुपमा ऊखु खेती गर्दै आएका जिल्लाका किसान मारमा परेका छन् । ऊखु बिक्री गरी बार्षिक १० लाख कमाउँदै आएका शिवराज नपा वडा नम्बर ७ का गोविन्द प्रसाद कुर्मीले मिल बन्द हुँदा आर्थिक मन्दी छाएको बताउँनुहुन्छ । बार्षिक रुपमा ऊखु बेचेर २० जना परिवारलाई पालनपोषण गर्दै आउनुभएका कुर्मीले ऊखु कहाँ लेगेर बेच्ने भन्ने चिन्तामा हुनुहुन्छ । ७ हेक्टर जमिनमा बर्षेनी ऊखु लगाउँदै आएको उहाँ बताउँनुहुन्छ ।

ऊखुमा निर्भर किसानलाई मिल स्थानान्तरण भएपछि ऊखु बिक्री गर्न समस्या परेको छ । सिंचाई सुविधा नभएर ऊखु खेती गरेका कपिलवस्तुका किसानहरु मिल स्थानान्तरण भएपछि विकल्पको खोजीमा रहेको कृष्णनगर नपा वडा नम्बर ८ गशेणपुरका सुनिल कुमार चौधरीले बताउनुभयो । चौधरीका अनुसार गत बर्षको भन्दा यस बर्ष उखु उत्पादनमा कमी आएको छ ।

नजिकैको ऊखु मिल अन्यत्र सरेपछि जिल्लाका किसानले गत बर्ष नवलपरासीका विभिन्न सुगर मिलमा उखु बिक्री गरेका थिए । यस बर्ष उखु कहाँ लगेर बेच्चे हो किसानहरु अनमलमा परेका छन । सिंचाई सुविधा अभाव भएपछि जिल्लाको पश्चिमी क्षेत्रका किसानले व्यवसायिक रुपमा ऊखु खेती गर्दै आएका छन् । उनीहरुको आयस्रोतको मुख्य माध्यम नै उखु खेती रहेको छ ।

जिल्लामा पर्याप्त उखु नभएको र भारतबाट ऊखु ल्याएर मिल सञ्चालन गर्नुपर्ने बाध्यता भएको कारण मिल कपिलवस्तुमा राख्न नसकेको महालक्ष्मी सुगर्स मिलका सञ्चालनले बताएका छन ।

प्रकाशित मिति : १५ कार्तिक २०७५ बिहिबार ००:००  ३ : २४ बजे