७ मंसिर २०८१, शुक्रबार | Sat Nov 23 2024

पहिलो दिन भिटामिन ए र जुकाको औषधि खुवाइँयो, अभियान विहीबार पनि जारी



दीपा महत, कपिलवस्तु ।
देशभर सहित कपिलवस्तुमा पनि बुधबार बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइएको छ । ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई भिटामिन एको क्याप्सुल र एक वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइएको हो ।
यसैबीच कपिलवस्तुका १० ओटै स्थानीय तहमा रहेका स्वास्थ्य शाखाले पनि भिटामिन ए र जुकाको औषधि खुवाएका छन् । जस अन्तरगत वाणगंगा नगरपालिकाका १ सय १२ स्थानमा भिटामिन ए र जुकाको औषधि खुवाईएको हो ।

वाणगंगाका टोलटोलमा महिला स्वास्थ्य स्वयमसेविकाले १ वर्ष देखी ५ वर्ष सम्मका बालबालिकालाई जुकाको औषधी र ६ महिना देखी २३ महिना सम्मका बालबालिकालाई बालबिटा वितरण गरेका थिए । साथै बालबालिकाको पोषणको अवस्था लेखाजोखाको लागी उनीहरुको पाखुराको नाप पनि लिइएको थियो ।

विहान १० बजेदेखी दिउँसो ४ बजे सम्म बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइएको वाणगंगा नगरपालिकाका स्वास्थ्य फोकल पर्सन कमल ज्ञवालीले जानकारी दिनुभयो । बुधबारको कार्यक्रममा ९० प्रतिशत भन्दा बढी बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाईएको छ ।

यस्तै विहीबार पनि बुधबार खुवाईएकै स्थानमा कार्यक्रम भएकाले नजिकको स्थानीय तहमा रहेका स्वास्थ्य संस्थामा गएर बालबालिकालाई औषधि खुवाउन स्वास्थ्यकर्मीले आग्रह गरेका छन ।

प्रकाशित मिति : १५ कार्तिक २०७५ बिहिबार ००:००  ३ : ०८ बजे