७ मंसिर २०८१, शुक्रबार | Sat Nov 23 2024

कपिलवस्तुमा तिहार विशेष सुरक्षा व्यवस्था शुरु, सिमानाकामा विशेष निगरानी



मायादेवी अनलाइन, कपिलवस्तु ।
नेपालीहरुको दोस्रो महान पर्व तिहार नजिकिए संगै कपिलवस्तुका भारतीय सिमानाकाको निगरानी बढाइएको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार चाडपर्वलाई लक्षित गरी सिमा क्षेत्रको सुरक्षा व्यवस्थामा कडाई गरिएको हो । भारतबाट नेपाल तर्फ आयात हुने पटकाजन्य विष्फोटक पदार्थ नभित्रिउन भन्ने उद्धेश्यका साथ सिमानाकाको चेकजाचमा कडाई गरिएको प्रहरीले जनाएको छ ।
विगतका चाडपर्वमा खुल्ला सिमानाको फाइदा उठाउदै तस्करहरुले अवैध सामान नेपाल तर्फ आयत गर्ने गरेका थिए । अहिले प्रहरीले पटकाजन्य पदार्थलाई पूर्ण रोक्नका लागि अभियान थालेको कपिलवस्तुका प्रहरी नायव उपरिक्षक रवि रावल मायादेवी अनलाइनलाई बताउनुभयो ।
भारतमा पनि दीपावलीको रौनक हुने भएकोले नेपाल तर्फ पनि यसको प्रभाव पर्ने गरेको छ । रंगिरंगी चाडको रुपमा रहेको दीपावलीमा पटकाजन्य पदार्थको प्रयोग अनियन्त्रित हुने गरेको छ । भारतमा पटकाजन्य पदार्थको प्रयोग बढिरहेको बेला नेपालमा पनि यसको प्रभाव परेको देखिन्छ । नेपाल सरकारले भने पटकाजन्य पदार्थ पड्काउन पूर्ण प्रतिबन्ध लगाएको छ ।
ठूलो स्वरमा पड्काइने पटकाले मानवीय तथा भौतीक क्षति हुने भन्दै सरकारले यसको प्रयोगमा पूर्ण प्रतिबन्ध लगाउदै आएको छ ।

राती ९ बजे पछि भैलो खेल्न नपाइने

तिहारको बेला खेलिने देउसीभैलोलाई पनि व्यवस्थित बनाउन जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले विभिन्न रणनिति लिएको छ । प्रशासनले देउसीभैलो राती ९ बजे पछि नखेल्न आग्रह गरेको छ । प्रशासनको आग्रहलाई अटेरी गरे कानुन अनुसार कारबाही हुने कपिलवस्तुका सहायक प्रमुख जिल्ला अधिकारी रामेश्वर अर्यालले बताउनुभयो ।

स्थानीय तह पनि विकृत रोक्न सकृय

कपिलवस्तुको शिवराज नगरपालिकाको नगर कार्यापालिकाको बैठक बुधबार बसेको छ । बैठकले तिहारको बेला पटका भुइचम्पा लगायतका विष्फोटक पर्दाथहरुको ओसार पोसार विक्रि वितरण तथा प्रयोगलाई नगर भित्र बन्द गराउने निर्णय गरेको छ ।
यस्तै बैठकले सामाजिक परम्परानुसारको देउँसी भैलो कार्यक्रमलाई मर्यादीत रुपमा संचालन गर्ने, ध्वनी प्रदुषण हुने गरि साउण्ड सिस्टम नबजाउने, राती १० बजेपछी देउँसी भैलो नखेल्ने र एक सय एक भन्दा बढी दक्षिणा दिन बाध्य नगर्ने नगराउने निर्णय गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेलले जनाकारी दिनुभयो ।

प्रकाशित मिति : १५ कार्तिक २०७५ बिहिबार ००:००  ३ : ०२ बजे