७ मंसिर २०८१, शुक्रबार | Fri Nov 22 2024

गुल्मीमा लागू औषध सहित ५ पक्राउ



शिवलाल सुवेदी, गुल्मी।
लागू औषधसहित गुल्मीमा पाचँ जना पक्राउ परेका छन । जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार सुनसरी रामधुनी नगरपालिका ८ का २६ वर्षीय बिजय लिम्बु, गुल्मीको रेसुङा नगरपालिका २ का १९ वर्षीय नवीन बिक, सोही ठाउँका १८ वर्षीय बेबेक गुरुङ, मुसिकोट नगरपालिका ८ का १९ वर्षीय बिपिन ठकुरी र मुसिकोट नगरपालिका ३ का १८ वर्षीय बिशाल रायमाझीलाइ पक्राउ परेका हुन ।
मंगलबार राती ९ बजे रेसुङ्गा नगरपालिका २ बाख्रेछेडाका पुर्णबहादुर थकालीको घरमा लागू औषध सेवन गरि होहल्ला गरेको सुराकीको आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक दिपककुमार बस्नेतले जानकारी दिए । उनीहरुको साथबाट ८० ग्राम हरियो गाजा, चरेस जस्तो देखिने धुलो २० ग्राम पाइलट चुरोट १० खिल्ली, चार थान ग्यास लाइटर र गाजा सेवन गर्न प्रयोग गरिने चिलिम फिट गरिएको बोतल प्रहरीले बरामद गरेको बस्नेतले बताए । पक्राउ परेका सवैलाई जिल्ला अदालत गुल्मीबाट म्याद थप गरि अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । पत्रकार सम्मेलन मार्फत उनीहरुलाई सार्वजनिक गर्दै प्रहरी उपरीक्षक बस्नेतले सूक्ष्म अनुसन्धान भएकाले अनुसन्धानपछि कारबाही पक्रृया अगाडि बढ्ने बताए ।

प्रकाशित मिति : १४ कार्तिक २०७५ बुधबार ००:००  ८ : ४६ बजे