७ मंसिर २०८१, शुक्रबार | Fri Nov 22 2024

सालकको खपटासहित दोलखामा एक युवक पक्राउ



दोलखा ।
संरक्षित वन्यजन्तु सालकको खपटासहित एक युवक पक्राउ परेका छन । जिल्ला प्रहरी कार्यालय दोलखाले रामेछाप गोकुलगंगा गाँउपालिका वडा नं। ५ बस्ने २० वर्षीय प्रल्हाद खड्कालाई पक्राउ गरिएको हो । खड्कालाई हिजो अपरान्ह ४ बजे दोलखाको तामाकोशी गाउँपालिका वडा नम्बर ५ बाट पक्राउ गरेको दोलखाका प्रहरी निरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो ।
दोलखा तामाकोशी गाँउपालिका वडा नं ५ मा सालकको खपटा बिक्री वितरणको लागि ल्याउँदै छ भन्ने विशेष सूचनाको आधारमा पक्राउ गरिएको हो । खड्काले मोटरसाइकलबाट ल्याउँदै गरेको संरक्षित वन्यजन्तु सालकको खपटा २ किलो ६ सय ग्राम प्रहरीले नियन्त्रणमा लिएको हो ।
उनीहरुको बा ९१ प ५८४४ नं। र बा ८३ प २९१९ नम्बरको मोटरसाइकलसमेत नियन्त्रणमा लिई थप अनुसन्धानका लागि डिभिजन वन कार्यालय दोलखामा बुझाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १४ कार्तिक २०७५ बुधबार ००:००  ७ : ०३ बजे