७ मंसिर २०८१, शुक्रबार | Fri Nov 22 2024

उखु किसानको ४७ करोड भन्दा बढी रकम भुक्तान नगर्ने चिनी उद्योगी अग्रवाल पक्राउ



काठमाडौ । 

उखु किसानको ४७ करोड २६ लाख रुपैयाँभन्दा बढी रकम भुक्तान नगर्ने चिनी मिल सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले चिनी सञ्चालक राकेश अग्रवाललाई बुधबार पक्राउ गरेको हो । पक्राउ गरेका उनलाई सर्लाही पठाउने कि काठमाडौं हिरासतमा राखेर अनुस्नधान गर्ने भन्नेबारे छलफल भएपछिमा मात्रै टुंगो लाग्ने काठमाडौं प्रहरी प्रमुख एसएसपी बसन्त लामाले जानकारी दिए ।

इन्दिरा सुगर एण्ड एग्रो प्रालिको तर्फबाट ८ करोड ५८ लाख  ९९ हजार ४ सय ७५ रुपैयाँ र अन्नपूर्ण सुगर मिल्स प्रालि सर्लाहीको तर्फबाट ३८ करोड ६८ लाख रुपैयाँ गरी ४७ करोड २६ लाख ९९ हजार ४ सय ७५ रुपैयाँ भुक्तान गर्न बाँकी रहेको छ। यी दुवै मिलका सञ्चालक अग्रवाल हुन ।

किसान, आपुर्ति मन्त्रालय र कृषि मन्त्रालयबाट गृहमन्त्रालयमा मंगलबार निवेदन परेको थियो। गृहले मंगलबार नै प्रहरी हेडक्वाटरलाई पक्राउ गर्न भन्दै पत्राचार गरेको थियो। सोही पत्राचारको आधारमा परिसरले पक्राउ गरेको एसएसपी लामाले जानकारी दिए ।

प्रकाशित मिति : १४ कार्तिक २०७५ बुधबार ००:००  ६ : ५३ बजे