७ मंसिर २०८१, शुक्रबार | Fri Nov 22 2024

बुद्धभूमिले तोक्यो अटोरिक्साको नयाँ भाडादर, कुन ठाउँमा कति ? (दररेट सहित)



मायादेवी अनलाइन, बुद्धभूमि ।
कपिलवस्तुको बुद्धभूमि नगरपालिकाले अटो रिक्सा सञ्चालन प्रक्रियालाई व्यवस्थित पारेको छ । अटो रिक्साले जथाभावी भाडा असुलेको भन्ने जन गुनासो बढे पछि नगरपालिकाले भाडालाई व्यवस्थित पारेको हो ।
नगर प्रमुख केशव कुमार श्रेष्ठको पहलमा अटो रिक्सा चालक बीच छलफल भएको छ । छलफल पश्चात बुद्धभूमि नगरपालिका भित्र सञ्चालन हुने अटो रिक्साले अब देखि नयाँ मापदण्ड अनुसार भाडा उठाउने भएका छन । बुद्धभूमि नगरपलिका र त्यस क्षेत्रका अटो रिक्सा चालक बीच भएको छलफल पछि मापदण्डको आधारमा भाडा लिने सहमती जुटेको बताइएको छ ।
नगरका प्रमुख श्रेष्ठले अटो रिक्सा चालकलाई मापदण्ड अनुसार भाडा उठान आग्रह गर्नुभयो । जथाभावी भाडा लिदा जनताको गुनासो बढेको भन्दै नियमको पालना गर्न उहाले आग्रह गर्नुभयो ।
नगरपालिका र अटो रिक्सा चालक बीच भएको सहमती अनुसार मात्र अब देखि अटो रिक्साले भाडा लिनुपर्ने छ । नगरपालिकाले तोकेको मापदण्ड विपरित भाडा उठाएको पाइए कडा कारबाही हुने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मेघनाथ पाध्याले बताउनुभयो ।
यस्तो छ नगरपालिका र अटोरिक्सा चालक बीच भएको नयाँ भाडादर

प्रकाशित मिति : १४ कार्तिक २०७५ बुधबार ००:००  ३ : १३ बजे