७ मंसिर २०८१, शुक्रबार | Fri Nov 22 2024

बुटवलमा सर्पले टोकेर महिलाको मृत्यु



बुटबल । 

बुटवलमा सर्पले टोकेर एकजना महिलाको मृत्यु भएको छ । बुटवल १६ सेमलार डरगाउँकी ५० वर्षीय शारदा ज्ञवालीको सर्पले टोकेर मृत्युभएको हो ।

गोठमा काम गर्ने क्रममा सर्पले टोकेपछि उपचारको लागि लुम्बिनी अञ्चल अस्पताल बुटवलमा ल्याइएको थियो ।  उपचारको क्रममाज्ञवालीको मृत्यु भएको अस्पतालले बताएको छ ।

तर आफन्तहले उपचारमा अस्पतालले लापरवाही गरेका कारण बिरामीको मृत्यु भएको दाबी गरेका छन् ।

प्रकाशित मिति : १३ कार्तिक २०७५ मंगलबार ००:००  ३ : ३२ बजे