काठमाडौं ।
प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली आज पनि अस्पत्तालमा हुनुहुन्छ । उपचारमा संलग्न चिकित्सकले अझै केही दिन अस्पत्ताल राखि निगरानी गर्नु पर्ने भनेपछि आज पनि उहाँलाई उपचारमा राखिएको छ ।
गएराति उहाँको स्वास्थ्यमा त्यस्तो समस्या नआएकोले स्वास्थ्यमा सुधार भएको उपचारमा खटिएका चिकित्सकले बताएका छन् । मंगलबार बिहान १० बजे प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी दिने अस्पतालले जानकारी दिएको छ ।
उहाँको सम्पूर्ण स्वास्थ् प्रतिवेदनबारे पत्रकार सम्मेलन गरी जानकारी दिइने ओलीको उपचारको संयोजन गरिरहेका सेन्टरका कार्डियोलोजी विभागीय प्रमुख एवं मुटुरोग विशेषज्ञ प्रा.डा. अरुण सायमीले बताउनु भयो । उहाँका अनुसार ओलीलाई विदेश लैजन पर्ने अवस्था नआउने गरी उपचार भैरहेको बताइएको छ ।
पछिल्ला रिपोर्टहरुमा उहाँको स्वास्थ्य सुधारोन्मुख र स्थिति स्थिर रहेको छ । चिनीको मात्र उच्च, श्वासप्रश्वासमा कठिनाई, छाती घ्यारघ्यार हुँदा र खोकी लागिरहेपछि प्रधानमन्त्री ओलीलाई सोमबार बिहान साढे ४ बजे भर्ना गरिएको थियो ।
प्रधानमन्त्री सन् २००७ सालमा भारतको एप्पोलो अस्पतालमा दुवै मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीले त्यस यता स्वास्थ्यमा सचेत भएको भनिएपनि पटकपटक प्रत्यारोपणका प्रतिअसर र अन्य समस्या झेल्दै आउनुभएको छ ।
प्रतिक्रिया