कपिलवस्तु,
भूमिगत भनिएका नेत्रविक्रम चन्द विप्लव मंसिरमा खुलामञ्चमा देखिने भएका छन् । श्रोतका अनुसार लुकेर भूमिगत बसेका भनिएका विप्लव उनको नेतृत्वको नेकपाले आगामी मंसिरमा गर्ने विशाल सभालाई सम्बोधन गर्ने क्रममा बाहिर देखिने छन् । उनले सो सभालाई सम्बोधन गर्ने विप्लव माओवादीका नेताले हामीलाई बताएका छन् ।
नेकपाले आगामी मंसिर ८ मा काठमाडौंमा जनसभा गर्ने र त्यसलाई विप्लवले सम्बोधन गर्ने बुझिएको छ । एकलाख मानिस उतारेर गर्न लागिएको सभालाई प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ लगायत नेताहरुले सम्बोधन गर्ने जनाइएको छ।
अहिले विप्लव कहाँ छन् भन्ने कसैलाई जानकारी छैन । सभामा नेकपाले मोहन वैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी माओवादी र माओवादीबाट अलग्गिएका अरु क्रान्तिकारी घटकलाई पनि आमन्त्रण गर्ने गरी तयारी भएको बताइएको छ ।
मुलुकमा अस्थिरता सृजना गर्ने काममा विप्लव माओवादी पनि सहभागि भएको भन्दै यसका गतिविधलाई गृहमन्त्रालयले कडाइका साथ हेरेको छ । यसअघि पनि सो पार्टीका प्रवक्ता र अन्य नेता कार्यकर्तालाई सरकारले पक्राऊ गरेर छोड्ने गरेको छ ।
प्रतिक्रिया