अराज सिंह बेल्वासे, चन्द्रौटा ।
कपिलबस्तुमा एक श्रीमानले आफ्नै श्रीमतीको बञ्चरो प्रहार गरी हत्या गरेका छन । जिल्लाको शिवराज नगरपालिका–१ बनकट्टामा बन्चरो प्रहार गरी श्रीमानले आफ्नै श्रीमतीको हत्या गरेका हुन् । आइतबार राति ११ बजे आपसी झगडा हुँदा ४० बर्षिय बसन्त परियारले श्रीमती ३५ सुमित्रा परियारको हत्या गरेको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ ।
मजदुरी गरी खाने परियारले मादक पदार्थ सेवन गरी सधै घरमा झगडा गर्दै आएका थिए । गएराती छोराछोरी सुतिसकेको समयमा बन्चरो प्रहार गरी श्रीमतीको हत्या गरेको हुनसक्ने प्रहरीले जनाएको छ । मृतकको टाउको र हातमा चोट देखिएको वडा प्रहरी कार्यलय चन्द्रौटाका प्रहरी निरीक्षक महेश्वर उपाध्यायले बताउनुभयो ।
फरार रहेका शिवराज नगरपालिका १ बनकट्टा निवासी ४० वर्षिय बसन्त परियारलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । परियारका दुई छोरा र एक छोरी छन ।
१२ कार्तिक २०७५ सोमबार ००:००
0
Shares
प्रतिक्रिया