काठमाण्डौँ ।
व्यावसायी शरदकुमार गौचनमाथि गोली प्रहार गर्ने मुख्य सुटरलाई सोमबार प्रहरीले नियन्त्रणमा लिएको छ ।
महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले आज तीन जना पक्राऊ गर्ने क्रममा मुख्य सुटरलाई पनि पक्राऊ गरेको हो । प्रहरीले पक्राऊ गरेका तिन जनामा अमर रानामगर, लोप्साङ लामा र रोशन बुढाथोकी रहेका छन् । यीमध्ये अभियूक्त अमर रानामगर शरदका मूख्य सूटर भएको बताइएको छ ।
उनीहरुलाई कोटेश्वरबाट पक्राउ गरिएको हो ।तीनै जना अभियुक्तलाई प्रहरीले आजै सार्वजनिक गर्ने भएको छ ।गत असोज २३ गते बानेश्वरमा गौचनको गोली हानी हत्या भएको थियो । अध्यक्ष गौचनको हत्यामा संलग्न नौ केहीलाई समातेर कारबाही अगाडी बढाइए पनि मुख्य अभियुक्तलाई पक्राऊ गर्न नसकेपछि प्रहरीले आलोचना खेप्नु परेको थियो । अध्यक्ष गौचनको हत्यामा संलग्न नौ जनालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिइसकेको छ ।
अदालतले गौचनको हत्याका मुख्य नाइके समिरमानसिंह बस्नेतसहित हत्यामा संलग्न राजीव स्याङ्तान, शिवजी महतो कमकर, मुकेशकुमार पाण्डे, सन्तोष गुरुङ, प्रकाश बुढाथोकी, बसन्त थेवे, धनराज योङहाङ र सूर्यबहादुर बाजीलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो । अदालतको आदेशमा राजकुमार साह रौनियार र श्याम गुप्तालाई धरौटीमा रिहा भइसकेका छन् ।
गौचनको भएको थियो । यसअघि गौचनको हत्या अभियोग लागेका रुपन्देहीका मनोज पुन प्रहरी इन्काउन्टरमा मारिइसकेका छन् ।
प्रतिक्रिया