काठमाडौं ।
राष्ट्रपति विद्या भण्डारी चार दिने औपचारिक भ्रमणका लागि कतार प्रस्थान गर्नुभएको छ । उहा आज बिहान साढे ११ बजे त्यता प्रस्थान गर्नुभएको हो । कतारका अमिर शेख तामिम बिन हमद अलथानीको निमन्त्रणामा राष्ट्रपति भण्डारी कतार जान लाग्नुभएको हो ।
प्रधानमन्त्री बिरामी भएकाले राष्ट्रपति भण्डारीलाई त्रिभुवन विमानस्थलमा उपराष्ट्रपति नन्दबहादुर पुन, गृहमन्त्री रामबहादुर थापा ’बादल’, सभामुख कृष्णबहादुर महरा तथा राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना लगायतले बिदाइ गरेका थिए । परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली पनि राष्ट्रपतिसँगै कतार भ्रमणमा जानुभएको छ । राष्ट्रपतिको भ्रमण कात्तिक १५ गतेसम्म हुने छ । यसक्रममा राष्ट्रपति भण्डारीले विभिन्न उच्चस्तरीय भेटवार्ता र समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम छ ।
प्रतिक्रिया