चन्द्रकान्त न्यौपाने । मायादेवी अनलाईन ।
सरकारका मन्त्रीहरुले राम्रो काम गर्न सकेनन् भनेर आलोचित भइरहेको बेला श्रम मन्त्री गोकर्ण विष्टले भने फेरि अर्को करामत गर्नुभएको छ ।
मलेसियामा गएर धेरै नेपालीले श्रम पोख्ने तर त्यसको मूल्य पनि नहुने र नेपालीहरुको जीवन नै धरापमा परिरहेको अवस्थामा नेपालीको हित हुने गरी श्रम मन्त्री गोकर्ण विष्टले काम गर्नुभएको छ । लामो समयदेखि हुन नसकेको नेपाल र मलेसियाबीचको श्रम सम्झ्यौताले श्रम मन्त्री विष्टको पहलमा सोमबार पूर्णता पाएको छ ।
सन् २००२ देखि कामदार लैजान थालेको भए पनि मलेसिया र नेपालबीच भने पहिलो पटक श्रम सम्झौता भएको हो ।
मन्त्री विष्टको लामो गृहकार्यमा मानव संशाधन मन्त्री एम कुलासेगरानालाई नेपाल झिकाएर श्रम मन्त्री विष्टले नेपालीले किरिया विदा पाउने गरी श्रम समm्यौत गर्नुभएको छ ।
राजधानीको होटल हायातमा सोमबार भएको बिशेष कार्यक्रममा भएको श्रम मन्त्री विष्ट र त्यहाँका मानव संशाधन मन्त्री एम कुलासेगरानले नेपाली कामदारले १५ दिन किरिया विदा पाउनगरी सम्फ्यौतामा हस्ताक्षर गर्नु भएको छ । अब यसबाट नेपालीलाई धेरै फाइदा हुने छ । खाडी मुलुकमध्ये धेरै नेपाली कामदार मलेसिया जाने तर त्यहाँ नै सबैभन्दा धेरै श्रम शोषण हुने र जयान नै जोखिममा पर्ने गरेको थियो । अबको सम्झ्यौतपछि मलेसिया गए पनि नेपालीको विचल्ली हुने छैन।
कहाँसम् मभने परिवारका सदस्य (बुबाआमा, श्रीमान् वा श्रीमती, छोराछोरी)को मृत्यु भएमा १५ दिनका लागि नेपाली कामदार स्वदेश फर्किन पाउने छन् ।
यसअघि नेपाली कामदार आफन्तको मृत्यु हुँदा पनि नेपाल फर्कन पाउँदैनथे । उनीहरुले छुट्टि पाउने नपाउने निधो रोजगारदाताको तजबिजका आधारमा हुन्थ्यो । सोमबार भएको समm्यौतअनुसार अब देखि भने रोजगारदाताले अनिवार्य रुपमा किरिया बिदा दिनु पर्ने छ ।
श्रम सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएसँगै अब नेपाली कामदार शुन्य लागतमा मलेसिया जान पाउने छन् ।
विभिन्न बहानामा नेपाली कामदार ठगीमा परेको भन्दै सरकारले गएको जेठ २ गतेदेखि कामदार पठाउन रोकेपछि नेपाल र मलेसियाबीच श्रम सम्झौता भएको हो । ५ महिनापछिको रस्साकस्सीपछि भएको समm्यौताले नेपाली कामदारलाई सजिलो हुने भएको छ ।
एमओयूमा समेटिएका विषय यस्ता छन्
मलेसियामा अबदेखि नेपाली कामदारले लेवी तिर्न नपर्ने व्यवस्था पनि गरिएको छ । मलेसिया जाँदा स्वास्थ्य परीक्षण लगायत अन्य प्रक्रियामा लाग्ने खर्च रोजगारदाता कम्पनीले तिर्नुपर्नेछ ।
कामदार कार्यस्थलमा हुने दुर्घटना बीमा र स्वास्थ्य बीमा पनि मलेसियाको कानुनले कामदारका सन्दर्भमा लागू गरेको व्यवस्था नेपाली कामदारको हक पनि लागू हुने छ ।
मलेसिया जाने नेपाली कामदारले आउँदा–जाँदा हुने दोहोरो हवाई खर्च रोजगारदाता कम्पनीले बेहोर्नुपर्ने व्यवस्था गरिएको छ । रोजगारदाता कम्पनीले हरेक महिना ७ तारिख बैंक मार्फत तलब भुक्तानी गराइसक्नुपर्ने पनि उल्लेख गरिएको छ ।
कामदार विमानस्थल पुगेको ६ घन्टाभित्र कम्पनीले गन्तव्य स्थलमा लैजानुपर्ने र महिला कामदारको हकमा थप संरक्षण, सुरक्षा र रेखदेख गर्नुपर्ने पनि समझदारीपत्रमा उल्लेख छ ।
यस्तै कम्पनी बन्द भएमा वा रोजगारदाताले कुनै दुव्र्यवहार गरेमा कामदारले अर्को काम खोज्न पाउने अधिकार पनि एमओयू मार्फत सुनिश्चित गरिएको छ ।
यसअघि तीन वर्ष रहेको करार अवधि भने दुई वर्षको हुने व्यवस्था गरिएको छ । कामदारले पासपोर्ट आफै राख्न पाउनेछन् । करार अवधि सकिएर स्वदेश फर्कंदा कम्पनीले नै हवाई टिकट उपलब्ध गराउनुपर्नेछ । समझदारी कार्यान्वयनमा ल्याउन संयुक्त कार्यदल पनि गठन गरिएको छ ।
प्रतिक्रिया