काठमाडौं ।
त्रिभुवन विमानस्थल नजिक सिनामंगल सडकको कल्भर्टमा एक युवकको शव फेला परेको छ । चप्पल र कपडा लगाइहेको अवस्थामा शव फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होविन्द्र बोगटीले बताउनुभयो ।
शव आगोमा जलेको जस्तो देखिएको उनको भनाइ छ। शरीरको केही भाग र कपडा समेत जलेको छ । अन्दाजी २० वर्षीय युवकको पहिचान हुन सकेको छैन। शव पोष्टमार्टमका लागि टिचिङ अस्पताल पठाइएको छ ।
१२ कार्तिक २०७५ सोमबार ००:००
0
Shares
प्रतिक्रिया