काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई अस्पताल भर्ना गरिएको छ । केही दिनदेखि अस्वस्थ्य भएर आराम गरिरहेका प्रधानमन्त्री ओलीलाई आइतबार राति त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको हो । छातीमा संक्रमण देखिएपछि उहाँलाई अस्पतालमा भर्ना गरिएको बताइएको छ ।
डाक्टर अरुण सायमीका अनुसार प्रधानमन्त्री ओलीको सीसीयूमा राखेर उपचार भइरहेको छ । आइतबार रातिको तुलनामा अहिले स्वास्थ्यमा केही सुधार आएको पनि डाक्टर सायमीले बताउनुभयो । छातीमा नै संक्रमण देखिएकाले प्रधानमन्त्री ओलीलाई केही दिन अस्पतालमा नै राखेर उपचार गरिने उहाँले बताउनुभयो ।
बिहान ९ बजे पछि प्रधानमन्त्री ओलीको फेरि स्वास्थ्य जाँच गरेर स्वास्थ्य अवस्थाबारे जानकारी गराउने अस्पतालको तयारी छ । प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे प्रेस विज्ञप्ति निकालेर सार्वजनिक गरिने पनि अस्पतालले जनाएको छ ।
डाक्टर अरुण सायमीको नेतृत्वमा प्रधानमन्त्रीको निजी डाक्टर दिव्या सिंह र छाती रोग विशेषज्ञ डाक्टर सन्तकुमार दास प्रधानमन्त्री ओलीको उपचारमा हुनुहुन्छ ।
१२ कार्तिक २०७५ सोमबार ००:००
0
Shares
प्रतिक्रिया