अराज सिंह बेल्वासे, चन्द्रौटा ।
कपिलबस्तुको शिवराज नगरपालिका- १ बनकट्टामा बन्चरो प्रहार गरी श्रीमानले आफ्नै श्रीमतीको हत्या गरेका छन । राति ११ बजे आपसी झगडा हुँदा ४० बर्षिय बसन्त परियारले श्रीमती ३५ सुमित्रा परियारको हत्या गरेको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ ।
मजदुरी गरी खाने परियारले माधक पदार्थ सेवन गरी झगडा गर्दै आएका थिए । गएराती छोराछोरी सुतिसकेको समयमा बन्चरो प्रहारगरी हत्या गरेको स्थानीयले बताएका छन । हत्यारा फरार रहेको र खोजी कार्यजारी रहेको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ । शव पोस्टमाटमको लागि शिवराज अस्पताल बहादुरगंज लगिएको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनएको छ । परियारका २ छोरा र १ छोरी छन ।
प्रतिक्रिया