८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

बुद्धभूमिमा मदिराजन्य पदार्थको विक्री वितरणमा कडाई, चाडपर्व विशेष होइन सधैभरि !



मायादेवी अनलाइन, कपिलवस्तु ।
कपिलवस्तुको बुद्ध्रभूमि नगरपालिकाले मदिरा बेचविखनमा कडाई गरेको छ । मदिराजन्य पदार्थको अस्वभाविक विक्री वितरणले समाजलाई बिकृती बढाएको भन्दै नगरपालिकाले मदिरा बेचविखनमा कडाई गरेको हो ।
नगरपालिकाको नगर कार्यपालिकाले राती ९ बजे पछि मदिराजन्य पदार्थको विक्री वितरणमा रोक लगाउने निर्णय गरेको बुद्धभूमि नगरपालिकाका नगर प्रमुख केशव कुमार श्रेष्ठले बताउनुभयो । यो निर्णय चाडपर्व वरपर नभई सधैभरीका लागि भएको उहाले बताउनुभयो ।
नगरपालिकालाई सुव्यवस्थित, शान्त बनाउनका लागि मदिराको विक्री विरतणमा कडाई गरेको नगरप्रमुख श्रेष्ठको भनाई छ । स्थानीय तहको निर्वाचन पश्चात बुद्धभूमि विकासको गतिमा अगाडी बढेको छ । तर मदिराको जथाभावी विक्री वितरणले सिंगो नगर र नगरपालिकाको विकास निर्माणमा असर पुगेको नगरपालिकाको ठहर छ ।
नगरपालिकाले गरेको निर्णयलाई अक्षरंश कार्यान्वयन गर्न सम्बन्धित निकायलाई आग्रह गरिएको छ । नगरपालिका भित्र रहेका होटल, रेष्टेरेन्टलाई मदिराजन्य पदार्थ राती ९ बजे पछाडि नबेच्न नगरपालिकाले आग्रह गरेको छ ।
नगरपालिका समुन्नत भए सबै नगरबासी पनि समृद्ध बन्ने भन्दै यो निर्णयलाई कार्यान्वयन गर्न सम्बन्धित निकायलाई नगरपालिकाले आग्रह गरेको हो ।

प्रकाशित मिति : १२ कार्तिक २०७५ सोमबार ००:००  १ : ३४ बजे