८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

कपिलवस्तुमा भन्सार छली गरी ल्याइएको कंक्रिट मिक्सर मेशिन पक्राउ



मायादेवी अनलाइन, कपिलवस्तु । 

भारतबाट अवैध रुपमा भन्सार छली गरी ल्याइएको कंक्रिट मिक्सर मेशिन कृष्णनगरको सीमा क्षेत्रमा प्रहरीले पक्राउ गरी भन्सार चलान गरेको छ ।

सीमा क्षेत्रको यशोधरा गाउँपालिका वडा नं.–६, पुर्निहवामा नम्बर नभएको ट्रयाक्टरले ३ लाख रुपैया पर्ने कंक्रिट मिक्सर मेशिन जडान गरी सीमा क्षेत्र पार गर्दै गर्दा प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

अवैध ढंगबाट सीमा नाका पार गर्दै गर्दा पक्राउ परेको ट्रयाक्टरमा नम्बर नभएको र चेसिस नं. डीएफ १४४८०११६ तथा इन्जिन नं.०२०२९२०५र१० रहेको छ ।

ट्रयाक्टर चालक मायादेवी गाउँपालिका वडा नं.–४ का २३ वर्षीय कृष्ण यादवलाई समेत पक्राउ गरी कृष्णनगर भन्सार कार्यालयमा बुझाइएको प्रहरी नायब उपरीक्षक रवि रावलले बताउनु भयो ।

 

प्रकाशित मिति : १२ कार्तिक २०७५ सोमबार ००:००  १ : १६ बजे