मायादेवी अनलाइन, बुद्धभूमि ।
कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नं. ७ मा सोमबार निशुल्क आखाँ शिविरको आयोजना गरिएको छ । साविक मानपुर गाविस रहेको वडा नं. ६ मा निशुल्क आखाँ शिविरको आयोजना गरिएको हो ।
वडा भित्र रहेका आखाका रोगीहरुलाई लक्षित गरि शिविरको आयोजना गरिएको बुद्धभूमि नगरपालिकाका नगर प्रमुख केशव कुमार श्रेष्ठले बताउनुभयो ।
रण अम्बिका आखाँ अस्पताल भैरहवाको आयोजना र नगरपालिकाको सहयोगमा शिविर आयोजना गरिएको नगर प्रमुख श्रेष्ठले बताउनुभयो ।
शिविर विहान ८ बजे देखि शुरु हुने वडा अध्यक्ष रामेश्वर सिंहले बताउनुभयो । शिविरबाट वडाबासीलाई सेवा लिनका लागि उहाले आग्रह गर्नुभएको छ ।
११ कार्तिक २०७५ आइतबार ००:००
0
Shares
प्रतिक्रिया