१३ मंसिर २०८१, बिहिबार | Thu Nov 28 2024

७७ जिल्लामा ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रमको शुभारम्भ



काठमाडौं ।
शान्तिपूर्ण एवं सुरक्षित समाज निर्माणका लागि भन्दै ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रमको आइतबारबाट औपचारिक शुभारम्भ गरिएको छ । नेपाल प्रहरी, स्थानीय तहलगायत विभिन्न संघसंस्थाको संयुक्त प्रयासमा भृकुटीमण्डपमा एक कार्यक्रमको आयोजना गर्दै ‘समुदाय प्रहरी साझेदारी’ कार्यक्रममको शुभारम्भ गरिएको हो।
’हर प्रहर नगर प्रहरी, टोलटोलमा नेपाल प्रहरी’ भन्ने नाराका साथ केन्द्रमा, सात प्रदेशमा र ७७ जिल्लामा गरी आइतबार एकै पटक कार्यक्रमको सुरुवात गरिएको प्रहरी महानिरीक्षक (आइजिपी) सर्वेन्द्र खनालले जानकारी दिनुभयो ।
कार्यक्रममा बोल्दै गृहमन्त्री रामबहादुर थापा बादलले प्रहरीको एकल प्रयासले मात्रै अपराध नियन्त्रण तथा न्यूनीकरण सम्भव नभएकले उक्त कार्यक्रम ल्याइएको बताउनुभयो । सबै प्रकारका अपराधलाई निस्तेज र नियन्त्रण गर्न आवश्यक रहेको र त्यसका लागि प्रहरीको एकल प्रयासले मात्रै सम्भव नरहेकाले समुदायसँग साझेदारी गर्नु आवश्यक गरेको उहाको भनाइ थियो ।
बर्दीधारी प्रहरीले मात्रै होइन बर्दी बिनाका नागरिकले पनि प्रहरीको भूमिका निर्वाह गर्न जरुरी भएको उहाको भनाइ थियो । विगतमा पर्याप्त सहकार्य नभएकै कारण धेरै अपराध भएको र अपराधी पक्राउ पर्न नसेकोले यो अवधारण ल्याइएको मन्त्री थापाले बताउनुभयो ।
बलात्कार, हत्या हिंसा पछाडिका कारण मदिरा र ड्रक्स देखिएकाले त्यसविरुद्ध पनि नयाँ अभियान सुरु गरिएको गृहमन्त्री थापाले बताउनुभयो ।
कार्यक्रममा बोल्दै आइजिपी सर्वेन्द्र खनालले ४ महिना लामो अध्ययनपश्चात यो कार्यक्रम ल्याइएकाले सफल हुने विश्वास व्यक्त गर्नुभयो ।
स्थानीय निकाय, सराकोरवाला संस्था, विज्ञहरुसँगको छलफल, अन्तर्रा्ष्ट्रिय समुदायसँगको छलफल, राष्ट्रिय योजना आयोग, अर्थ मन्त्रालय, गृहमन्त्रालय, बालबालिका मन्त्रालय, खेलकुद मन्त्रालयलगायतसँग छलफलपश्चात यो कार्यक्रम ल्याएकाले सफल हुने विश्वास प्रहरी प्रधान कार्यलयले लिएको छ ।
यस कार्यक्रममा नेपाल प्रहरी, स्थानीय तह, समुदाय, सामाजिक संस्था, विद्यायल र मिडियाबीच सहकार्य गरी साझेदारीमा अपराध न्यूनीकरण गर्ने बताइएको छ।
यो कार्यक्रम लागू गर्नका लागि प्रहरी प्रधान कार्यालयमा राष्ट्रिय संरचना र पाठ्यक्रम विकास समिति गठन गरी विद्यालय सम्पर्क कार्यक्रमको लागि विस्तृत पाठ योजनासहितको १० वटा पाठ्यक्रम तयार पारिएको छ ।
७७ जिल्लामा जिल्ला समन्वय समतिहरु, जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयको प्रमुख साझेदारीमा संरचना निर्माण हुने बताइएको छ।

प्रकाशित मिति : ११ कार्तिक २०७५ आइतबार ००:००  ११ : ०७ बजे