मायादेवी अनलाइन, वाणगंगा ।
नेकपाका केन्द्रिय सदस्य डोर प्रसाद उपाध्यायले सरकारले देश विकासको दीर्घकालिन योजना बनाउदै गरेको बताउनुभएको छ । सरकारले दर्घकालिन योजना बनाएर काम गरेको भन्दै तत्काल केही नभए जस्तो देखिए पनि कालान्तरमा त्यस्तो नहुने दाबी गर्नुभयो । नेकपा कपिलवस्तु नगरपालिकाको नगर कमिटीले शनिबार राखेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उहाले नेकपाले मात्र देशको विकास गर्ने दाबी गर्नुभयो ।
उहाले दुई पाटी एकिकरण भएपनि भावनात्मक एकिकरण हुन अझै समय लाग्ने भन्दै पछि अहिलेको जस्तो नहुने पनि प्रष्टाउनुभयो । पाटीले देश र जनताको पक्षमा राम्रा काम गर्दै जाने पनि उहाले बताउनुभयो ।
नेकपाका जिल्ला अध्यक्ष झविलाल पोख्रेलले पाटीका नेता तथा कार्यकर्ता अब देश विकासमा लाग्नुको विकल्प नभएको बताउनुभयो । जनताका आशा र अपेक्षा धेरै भएको भन्दै पाटीले गरेका राम्रा काम गाउँ गाउँ सम्म पुर्याउनुपर्ने बताउनुभयो । नेकपाले जितेका स्थानीय तह, प्रदेश तह र केन्द्रिय तहका जनप्रतिनिधिले गरेका कामको बारेमा पाटीले निगरानी गर्दै जाने पनि उहाले बताउनुभयो ।
नेकपाकी नेतृ सरीता आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा नेकपाका नेता भानु प्रकाश श्रेष्ठ, कृष्ण पौडेल, डम्मर शर्मा, बाबुराम खनाल, बाबुराम आचार्य, रामचन्द्र शाह, शान्तिदेवी चमार, हजरत अली, मेराज खान लगायतको उपस्थिती रहेको थियो । कपिलवस्तु नगरपालिका भित्रका नेता र कार्यकर्ताको उपस्थिती रहेको कार्यक्रमको सञ्चालन मिलन उपाध्यायले गर्नुभएको थियो ।
११ कार्तिक २०७५ आइतबार ००:००
0
Shares
प्रतिक्रिया