८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

वाणगंगामा तीन जना कुष्ठरोगका नयाँ बिरामी फेला, चर्मरोग शिविरबाट लिए सयौले सेवा



दीपा महत, वाणगंगा ।
कपिलवस्तुको वाणगंगा नगरपालिकामा तीन जना कुष्ठरोगका नया बिरामी फेला परेका छन् । शनिबार वाणगंगा नगरपालिका स्वास्थ्य शाखाको आयोजना तथा वडा नम्बर ३ को संयोजनमा भएको निशुल्क चर्मरोग शिविरबाट उक्त रोगका विरामी फेला परेका हुन ।
शिविरमा यस क्षेत्रका २ सय ७३ जनाले सेवा लिएका छन् । गौरी भवानी मावि धनकौली भक्तौलीमा भएको उत्त शिविरबाट यस क्षेत्रका स्थानीय लाभान्वित भएका हुन् ।
नगरपालिकाका उपप्रमुख चक्र अर्यालयको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रम प्रदेश सांसद विष्णु पन्थीको प्रमुख आतिथ्यता, सांसद दयाराम न्यौपाने, द लेप्रोसी मिसन नेपालका कन्ट्री डाईरेक्टर शोभाखर कडेलको विशिष्ठ आतिथ्यता रहेको थियो ।
कार्यक्रमको उद्देश्य माथी वडा नम्बर ३ का अध्यक्ष सन्तराम रौतारले प्रकाश पार्नुभएको थियो भने कार्यक्रम सम्बन्धी जानकारी नगर कार्यपालिका सदस्य योगनाथ सुनारले गर्नुभएको हो ।
शिविरमा कन्सल्ट्रेण्ड डाक्टर ज्ञानहरी मरासिनी, युनाईटेड हस्पीटल जितपुरका फिजिसियन डाक्टर बसन्त ज्ञवाली, नया जीवनका लागी हातेमालो कार्यक्रमका प्राविधिक, वाणगंगा नगरपालिका स्वास्थ्य शाखा अन्तरगतका प्राविधिकहरु लगायतको उपस्थिती रहेको थियो ।
स्वास्थ्य फेकल पर्सन कमल ज्ञवालीको संचालनमा सम्पन्न शिविरको संयोजन स्वास्थ्य संयोजक कृष्ण घिमिरेले गर्नुभएको हो ।

प्रकाशित मिति : १० कार्तिक २०७५ शनिबार ००:००  १ : ४७ बजे