१३ मंसिर २०८१, बिहिबार | Thu Nov 28 2024

अर्घाखाँचीको तल्ला सिद्धारामा सांस्कृतिक कार्यक्रम



गणेश बेल्बासे, अर्घाखाँची ।

मिर्मिरे युवा क्लबको आयोजनामा अर्घाखाँचीको शितगंगा ९ तल्ला सिद्धारामा साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।

विजया दशमीको कोजाग्रत पूर्णिमाको अवसर पारी भएको सांस्कृतिक कार्यक्रममा राष्ट्रिय तथा स्थानिय कलाकारहरुको प्रस्तुती रहेको थियो ।

परम्परागत कला संस्कृतीको संरक्षण गर्दै सामाज विकासमा योगदान गर्ने व्यक्तिहरूलाई सम्मान गरौं भन्ने मूल नाराको साथ कार्यक्रम आयोजना गरिएको थियो ।

कार्यक्रममा साविक सिद्धारा गाविस हाल वडा नं.९, १० र ११ मा रही शिक्षा, स्वास्थ्य, सरसफाई, कृषि, कला, साहित्य लगाएतका क्षेत्रमा देश तथा विदेशबाट समाज सेवामा उच्च कार्य गर्ने व्यक्तीहरुलाई कार्यक्रमका प्रमुख तथा विशिष्ट अतिथीद्वारा टिका, खादा र सम्मानपत्रले सम्मान गरिएको थियो ।

साविक सिद्धारा हाल वडा नं.१० बर्रेमा जन्म भई जनजागृती मावि बाघखोरबाट एस. एल.सी सम्मको अध्ययन गर्नु भएका र हाल यस अर्घाखाँची जिल्लाको साहयक प्रमूख जिल्ला अधिकारी जस्तो नेपाल सरकारको राष्ट्रसेवक कर्मचारीको उच्च पदमा कार्यरत बिष्णुराज बेल्बासेलाई क्लबको तर्फबाट सम्मान गरिएको थियो ।

उत्कृष्टशिक्षा क्षेत्रमा अग्रणी भूमिका खेलेका मध्ये उत्कृष्ठ प्रअका रुपमा जन जागृति माविका प्रअ रोमाखर बन्जाडे, पाँकुरी आ.वि.का प्रअ गणेश बेल्वासे सम्मानित हुनुभएको थियो । त्यस्तै उत्कृष्ठ वि. व्य.स. अध्यक्षमा माधव पौडेल, शिक्षकमा दुर्गा बेल्बासे, खुमानन्द गैरे, कृष्ण पौडेल सम्मानित हुनुभएको थियो ।

साथै कार्यक्रममा वडा नं.९ र १० का वडा अध्यक्षहरुले एक वर्ष भित्र बिजुली बत्ति बाल्ने, बाटोको स्तर वृद्धि गर्ने साथै जंगली बँदेलले दिएको सास्तीको बारेमा सम्बन्धित निकायमा पहल गर्ने कुरामा कार्यक्रम मार्फत प्रतिबद्धता व्यक्त गरेका थिए ।

साविक सिद्धाराको विभिन्न धार्मिक, सांस्कृतिक तथा पर्यटकीय स्थलहरुको प्रचारप्रसार गर्ने उदेश्यका साथ सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको क्लबका अध्यक्ष प्रकाश विकले बताए ।

साँझ ७ बजेबाट सुरु भएको कार्यक्रममा लाफा डान्स ग्रुप चारनम्बर र छमछमी कला केन्द्र चन्द्रौटाको विशेष प्रस्तुती रहेको थियो । त्यस्तै अर्को तर्फ राष्ट्रिय लोकदोहोरी तथा आधुनिक गायक दिपक भण्डारी, गोविन्द रसायली, मोडल सुमन पौडेलले आफ्ना चर्चित गीत तथा नृत्यबाट दशकलाई मध्यरात सम्म मनोरञ्जन गराऊनुको साथै नचाएका थिए ।

उक्त कार्यक्रमको प्रमुख अतिथीमा समन्वय समितीका उपप्रमुख ऋषि बहादुर पुलामी, विशिष्ट अतिथीमा सहायक प्रमूख जिल्ला अधिकारी विष्णुराज बेल्बासे, अतिथिमा वडा नं.९ का वडा अध्यक्ष भिम बहादुर केसी, १० का हिम्मत पोखेल, ८ का रुकेश आले, शितगंगाका सूचना अधिकृत ओम प्रकाश पाण्डे, वडा सदस्यमा वेदुराम आर्चाय, खुम बहादुर लुईचे, जनजागृति माध्यमिक विद्यालयका अध्यक्ष माधव पौडेल, प्रअ रोमाखर बन्जाडे, पाँकुरी आ.वि.का प्रअ गणेश बेल्बासे लगाएतका व्यक्तिहरूको उपस्थिती रहेको थियो ।

कार्यक्रम क्लबका अध्यक्ष प्रकाश विकको अध्यक्षता र गोविन्द रसायलीको संचालनमा सम्पन्न भएको थियो ।

सराय जात्रा सम्पन्न

अर्घाखाँचीको तल्ला सिद्धारामा विजयादशमीको पूर्णिमाको अवसर पारेर बुधबार सराय जात्रा निकालेर फूलपाती बिसर्जन गरिएको छ ।

परम्परादेखि चल्दै आएको हिन्दू सांस्कृतिक पर्वलाई जगेर्ना गर्न बुधबारबार दिउसो सराय जात्रा निकालिएको हो ।

संस्कृतिकको जर्गेना गर्न सदाका वर्षहरूमा जस्तै सराय जात्रालाई यस वर्ष पनि भव्य रुपले मनाइएको मन्दिर व्यवस्थापन समितिले जानकारी दिएको छ ।

विगतका वर्षदेखि मनाउँदै आएको यो पर्वलाई निरन्तरता दिँदै पञ्चेबाजा सहित दूर्गाभवानीको मन्दिरबाट सराय जात्रा निकालिएको थियो ।

दूर्गा मन्दिरमा चढाइएको फूलपाती लिई पञ्चेबाजाको तालमा खुडा, खुकुरी, तरवार नचाउँदै निकालिइको सराय जात्रामा सहभागीहरुले हातमा घरेलु हतियार लिएर सरायँ खेल्दै नजिकैको पोखरीमा विसर्जन गरिएको थियो । दुर्गा मन्दिरमा धेरै पहिलेदेखि नै वडादसैंमा पूजाआजा हुँदै आएको र पूर्णिमाको दिन यो पर्वलाई भव्य रुपमा मनाउन सूरु गरिएको स्थानीयहरुले बताए ।

प्रकाशित मिति : ९ कार्तिक २०७५ शुक्रबार ००:००  १२ : १९ बजे