१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

मोर्मी कोइला खोलाको भौतिक पूर्वाधार मन्त्री चौधरीद्धारा निरिक्षण, आवश्यक बजेट दिने बचन



मायादेवी अनलाइन, वाणगंगा । 

कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नं. ८ मोर्मी स्थित कोइला खोलाको मन्त्री, साँसद तथा जिल्ला नेताहरुले स्थलगत निरिक्षण गरेका छन् । कोइला खोलामा पक्की पूल नहुँदा स्थानीयलाई आवात जावतमा समस्या परेको मायादेवी अनलाइनमा समाचार प्रकाशन भए  लगत्तै मन्त्री सहितको शिर्ष टोलीले स्थलगत निरिक्षण गरेको हो ।

प्रदेशका भौतिक पूर्वाधार मन्त्री बैजनाथ चौधरी, प्रदेश साँसद विष्णु पन्थी, नेकपाका नेता झविलाल पोख्रेल, नेता कृष्ण पौडेल, नगरपालिकाका उपमेयर चक्र अर्याल, वडाअध्यक्ष गुणनीधि भुसाल, धु्रब बेल्वासे लगाएतले कोइला खोलामा रहेको काठे पुलको स्थलगत निरिक्षण गरेका हुन् ।

मन्त्री चौधरीले पक्की पुल निर्माणका लागि आफनो मन्त्रालयबाट आवश्यक बजेट विनियोजन गर्ने आश्वसान समेत दिनुभएको छ । वाणगंगा नगरपालिकाको वडा नं. ८ र ९ लाई जोड्ने महत्वपूर्ण स्थानमै पूल नहुँदा स्थानीयलाई समस्या हुँदै आएको वडा अध्यक्ष गुणनीधि भुसालले बताउनुभयो ।

यो स्थानमा काठको पूल निर्माण त भएको छ तर काठको पुल जीर्ण हुँदा समस्या हुँदै आएको छ । यस्तै यस पूलको माध्यमबाट मानिसहरु आवातआवात गर्न सकेपनि सवारीसाधन आवातजावत हुन नसक्दा समस्या परेको स्थानीयले बताएका छन् ।

पक्की पूलको माग गर्दै आएका त्यहाँका स्थानीयको माग अब भने पूरा हुने बताइएको छ । यस स्थानमा पक्की पूल निर्माणका लागि डिपिआर तयार भैसकेको प्रदेश सांसद विष्णु पन्थीले बताउदै आवश्यक बजेट प्रदेश सरकारबाट छुट्याउन विशेष पहल हुने बताउनुभयो ।

डिपिआर तैयार भैसकेको भन्दै सांसद पन्थीले प्रदेशका भौतिक पूर्वाधार मन्त्रीले प्राथमिकताका साथ पूल निर्माणको काममा प्रदेशबाट बजेट आउने मायादेवी अनलाइनलाई जानकारी दिनुभयो ।

पूल निर्माण संगै कोइला खोलामा ड्याम निर्माण गरी पानीको भण्डारण गर्न तर्फ सबै लाग्नुपर्नेमा उहाले जोड दिनुभएको छ । पानी भण्डारण पछि सिंचाई सुविधा पुग्ने भएकाले माछापालनबाट पनि राम्रो आयआर्जन गर्न सकिने सम्भावना रहेको विश्वास व्यक्त गर्नुभएको छ ।

प्रकाशित मिति : ८ कार्तिक २०७५ बिहिबार ००:००  १२ : ०१ बजे