११ मंसिर २०८१, मंगलबार | Wed Nov 27 2024

नेकपा सचिवालय बैठकले विहीबार पनि सरकारको समिक्षा गरेन



काठमाण्डौ ।
नेपाल कम्युनिष्ट पार्टी (ने क पा) ले प्रदेश कमिटीलाई पूर्णता दिन र जिल्ला तहको विवाद मिलाउन नयाँ विधि र मापदण्ड बनाउने निर्णय गरेको छ । सचिवालयको आज बसेको बैठकले यस्तो निर्णय गरेको महासचिव विष्णु पौडेलले जानकारी दिनुभयो ।
नयाँ विधि र मापदण्डको मस्यौदा तयार पार्ने जिम्मा महासचिव पौडेल र रामबहादुर थापा बादललाई दिइएको छ ।
यसअघि तल्लो तहमा एकता प्रक्रियामा देखिएको विवाद हल गर्न वरिष्ठ नेता माधवकुमार नेपालले नयाँ विधि र मापदण्डको माग गरेका थिए । आजको बैठकमा सरकारको कामको समीक्षा गर्ने बताइएको भए पनि समीक्षा भने नभएको महासचिव पौडेलले जानकारी दिनुभयो ।

प्रकाशित मिति : ८ कार्तिक २०७५ बिहिबार ००:००  ११ : ०४ बजे