११ मंसिर २०८१, मंगलबार | Wed Nov 27 2024

चियापानमा किन छुटायो नेकपाले विप्लवलाई मात्र ?



काठमाडौँ ।
सत्तारुढ नेकपाले दसैँ, तिहार तथा छठको अवसरमा शनिबार भृकुटीमण्डपमा आयोजना गर्न लागेको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई निम्तो दिएको छैन ।
सबै राजनीतिक दल, कुटनीतिक नियोगका प्रतिनिधि, उच्चपदस्थ सरकारी अधिकारी, पार्टी कार्यकर्तालगायत हजारौंलाई चियापनामा उपस्थित हुन निम्तो दिए पनि नेकपाले विप्लव नेतृत्वको नेकपालाई भने नबोलाएको हो ।
नेकपाका नेता विष्णु रिमालले अरु सबै राजनीतिक दललाई कार्यक्रममा उपस्थित हुन पार्टीले निम्तो पढाए पनि विप्लव नेतृत्वको पार्टीलाई भने नबोलाइएको जानकारी दिनुभयो ।
विप्लव नेतृत्वको नेकपाले संविधानप्रति नै असहमति जनाउँदै गतिविधि गरिरहेको छ । प्रत्येक वर्ष दसैँ, तिहार तथा छठको अवसरमा चियापान गर्दै आएको नेकपाले यो वर्ष भृकुटीमण्डपमा कार्यक्रम आयोजना गर्दैछ ।

प्रकाशित मिति : ८ कार्तिक २०७५ बिहिबार ००:००  १० : ५६ बजे