काठमाडौं ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका स्वर्गीय नेता चक्रप्रसाद बास्तोलालाई राष्ट्रप्रति समर्पित नेताको रुपमा चित्रण गर्नुभएको छ ।
सभापति देउवाले तत्कालीन सशस्त्र विद्रोही माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन स्वर्गीय नेता बास्तोलाले भारतमा बसेर पुर्याउनु भएको योगदानको पनि स्मरण गराउनुभयो ।
आज पार्टी केन्द्रीय कार्यालय सानेपामा नेता बास्तोलाको निधन भएको १३ औं दिनमा आयोजित शोक सभामा बोल्दै उहाँले नेपालको राजनीति, समाजसेवा र कुटनीतिक क्षेत्रमा वास्तोलाले देखाउनु भएको बाटोबाटै पार्टीलाई अघि बढाउने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।
कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले नेता बास्तोलाले नेपालको राजनीति, कूटनीति र समाजसेवामा दिनु भएको योगदानको चर्चा गर्नुभयो ।
मस्तिष्क घातका कारण थलिनुभएका नेता बास्तोलाको गएको असोज २७ गते शनिबार ललितपुरको खुमलटार स्थित आफ्नै निवासमा निधन भएको थियो ।
८ कार्तिक २०७५ बिहिबार ००:००
0
Shares
प्रतिक्रिया