१३ मंसिर २०८१, बिहिबार | Thu Nov 28 2024

खशोग्गी हत्याका अपराधीलाई सजायँ हुन्छ – साउदी युवराज



एजेन्सी ।
साउदी पत्रकार जमाल खशोग्गीको हत्याको मामलामा साउदी अरबका युवराज मोहम्मद बिन सलमानले सबै ‘अपराधी’ लाई सजायँ दिइने बताउनुभएको छ । राजधानीमा बिजनेस सम्बन्धी भएको फोरममा मोहम्मद बिन सलमानले भने ‘यो अपराध दुःखदायी हो ।’ उहाले टर्कीसँग कुनै मनमुटाव नराख्ने पनि बताउनुभएको छ ।
दूतावासमा खशोग्गीको हत्याको कुरा साउदीले स्वीकारेपछि पहिलो पटक उहाले यसबारे बोल्नुभएको हो । यो हत्या एक जघन्य अपराध हो जसलाई उचित मान्न सकिँदैन उहाले भन्नुभयो अन्त्यमा न्यायको नै जित हुनेछ ।
अक्टोबर २ तारिखमा खसोग्गी इस्तानबुलको साउदी दूतावास जानुभएको थियो जहाँ उहाको हत्या गरिएको थियो । साउदी सरकारले सुरुमा दूतावासभित्रको उहाको हत्या अस्वीकार गरेको थियोे ।

प्रकाशित मिति : ८ कार्तिक २०७५ बिहिबार ००:००  ७ : २० बजे