मायादेवी अनलाइन, कपिलवस्तु ।
पाटी एकिकरणको लागि नेकपा प्रदेश कमिटीद्धारा गठिन नेकपा कपिलवस्तुको कार्यदलको पहिलो बैठक बसि आफ्नो काम अगाडि बढाएको छ । कार्यदलको बुधबार बसेको बैठकले अब जिल्ला, नगर तथा गाउँपालिकाको एकीकरण गर्ने गरी काम थाल्ने गरी महत्वपूर्ण निर्णय गरेको छ । त्यसको लागि तत्कालै नामावली तयार पार्ने निर्णय भएको बताइएको छ ।
यस्तै बैठकले यही कार्तिक १९ गतेका दिन जिल्ला स्तरीय शुभकामना आदान प्रदान कार्यक्रम गर्ने निर्णय गरेको छ । मदन आश्रित स्मृती भवन तौलिहवामा हुने कार्यक्रममा कृषि मन्त्री चक्रपाणी खनाल वलदेवलाई प्रमुख आतिथीको रुपमा बोलाउने निणर्ण भएको कार्यदलका सदस्य झविलाल पोख्रेलले जानकारी दिनुभयो ।
बैठकले अहिले रहेका पूर्व एमाले र माओबादी केन्द्रका अलग अलग कार्यालयलाई एकिकृत गरि संचालन गर्ने निर्णय समेत गरेको पोख्रेलले जानकारी दिनुभयो । जसका लागि पूर्व एमालेको कार्यलयलाई नेकपा जिल्ला कमिटीको कार्यलय बनाउने र माओवादी केन्द्रको कार्यलयलाई सम्पर्क कार्यलयको रुपमा संचालन गर्ने निर्णय गरेको कार्यदलका सदस्य डम्मर शर्माले बताउनुभयो ।
कार्यलयको संयोजन गर्ने जिम्मा कार्यदल सदस्य भानु प्रकास श्रेष्ठलाई प्रदान गर्ने निर्णय गरिएको शर्माले जानकारी दिनुभयो । बैठक कार्यदलका सदस्य झविलाल पोख्रेलको अध्यक्षता र सदस्य रामचन्द्र शाहको सञ्चालनमा सम्पन्न भएको हो ।
प्रतिक्रिया