१३ मंसिर २०८१, बिहिबार | Thu Nov 28 2024

झाडीमा डुंगा सरर ! पर्यटकले पोखे आक्रोस, डुंगा चलाउने नाममा लाखौंको खर्च उपलब्धी विहिन !



मायादेवी अनलाइन, कपिलवस्तु ।
विश्व रामसार सुचिमा सूचिकृत जगदिशपुर ताल प्रदेश नम्बर ५ कै प्रमुख पर्यटकीय गन्तब्यको रुपमा छनौट भएको छ । तर स्थानीय सरकारले भने प्रदेश सरकारको योजनालाई खिल्ली उडाउँदै ठोस योजना बिना लाखौ रकम खर्च गरेपनि प्रभावकारी देखिएको छैन । पछिल्लो समय पर्यटन प्रवर्धन गर्ने उद्देश्यले कपिलवस्तु नगरपालिकाले जगदिशपुर तालमा १० लाख खर्च गरेर डुङ्गा संचालनमा ल्याइएको छ ।
जगदिशपुर ताल संरक्षण नहुँदा दिनप्रतिदिन त्यसको महत्व हराउदै गएको छ । कपिलवस्तु नगरपालिकाले जगदिशपुर ताल सरसफाई नगरी बुधबारदेखि संचालनमा ल्याइएको डुंगा आन्तरिक तथा वाह्य पर्यटकका लागि आकर्षण भने देखिएको छैन ।
तालमा पानी समेत सुक्दै गएको छ भने झाडीले पुरिदै गएको छ । डुङ्गा संचालन गरेको खबर सुनेपछि आएका आन्तरिक पर्यटक विद्यार्थीहरु जगदिशपुर तालमा राखिएको डुङ्गा चढ्दा महंगो शुल्क र प्रभावकारी नहुँदा निरास भएर फर्केका छन् ।
तालमा डुङ्गा देखिए पनि तालको सुन्दरीकरण नहुदा प्रभावकारी नहुने जगदीशपुर ताल अवलोकनका लागि आउनुभएकी आन्तरिक पर्यटक रीता पौडेलले बताउनुभयो । हचुवाको भरमा तालमा डुंगा सञ्चालन गरेको अर्को पर्यटक सृष्टि आचार्यको आरोप छ । जगदीशपुरमा डुंगा चलाउनु पूर्व ताल सफाईमा ध्यान दिन उहाँले आग्रह गर्नुभएको छ ।
एक सय ५७ हेक्टरमा फैलिएको जगदिशपुर ताल घाँसै घाँस, झाडी र पातपतिङ्गरले भरिभराउ भएको छ । तालको आवश्यकता एकातिर खर्च अर्कातिर गर्दा नगरपालिकाले जगदिशपुर ताललाई मागी खाने भाडो बनाएको स्थानीय ज्ञानु खनालले आरोप लगाउनुभयो ।
एका छन् ।
नगरपालिकाले तालको झाडी, घाँस पतिङ्गर सरसफाई नगरी लाखौ खर्च गरेर संचालनमा ल्याएको डुङ्गा देखाउनकै लागि मात्रै भएको छ । प्रदेशकै प्रमुख पर्यटकीय गन्तब्यको पहिचान बोकेको र चराहरुको बासस्थान जगदिशपुर ताल संरक्षण तथा सुन्दरीकरणमा स्थानीय सरकारले ध्यान नदिदा लाखौ खर्चेर संचालनमा ल्याइएको डुङ्गा बालुवामा पानी खनाए जस्तै देखिएको छ ।
यता वडा अध्यक्ष शिव वाग्लेले अहिले हतारमा डुङ्गा ल्याए पनि पछि यस्तो नहुने बताउनुभएको छ । डुंगा ल्याए संगै आन्तरिक पर्यटक बढेको भन्दै तालको सुन्दरीकरणमा विशेष ध्यान दिने वडा अध्यक्ष वाग्लेले प्रतिबद्धता जनाउनुभएको छ ।

प्रकाशित मिति : ७ कार्तिक २०७५ बुधबार ००:००  १ : २१ बजे