११ मंसिर २०८१, मंगलबार | Tue Nov 26 2024

सांसदले नै जनप्रतिनिधि दुई चार हजारको लालचमा फस्न लागे भनेपछि …!



बिष्णु कुमार आले, अर्घाखाँची ।
अर्घाखाँची क्षेत्र नम्बर २ का प्रदेश सभा सदस्य रामजी प्रसाद घिमिरेले निर्वाचित जनप्रतिनिधी तथा राष्ट्र सेवक कर्मचारीलाई इमानदारी पुर्वक जनताको काम गर्न निर्देशन दिनुभएको छ ।
सितगंगा नगरपालिकाद्धारा ठाडादहमा आयोजित २०७५ सालको बडादशै तिहार र छठ पर्वको शुभकामना आदान प्रदान कार्यक्रममा संबोधन गर्दै नेता घिमिरेले यस्तो बताउनुभएको हो । उहाँले पछिल्लो समयमा २, ४ हजारको लालचमा फसेर जनप्रतिनीधि र कर्मचारीले जनताप्रतिको विश्वास घटाउदै गएको भन्दै अवको करिव ४ बर्ष जनप्रतिनिधीले र कर्मचारीले इमानदारी पुर्वक तुत्छ स्वार्थमा नलागी जनताको सेवक भएर काम गर्न सुझाव दिनुभयो ।
नेता घिमिरेले सितगंगा भित्रका राजनिती बिच तिब्र मतभेद देखिएको औल्याउदै एउटा पार्टी भित्र दुई ओटा पार्टी बनेपछि यसले समग्र सितगंगाको बिकाशमा ठेस पुग्ने बताउनुभयो ।
नेता घिमिरेले सितगंगामा नेपाली काग्रेस र नेपाल कम्युनिस्ट पार्टीका नेता कार्यकर्ताले नगर बिकाशमा एउटै थलामा बसेर छलफल गर्न नसकेको भन्दै जननिर्वा्चित मेयर, उपमेयर र वडा अध्यक्षलाई राजनिती र बिकाशको अनुभव भएका ब्यक्तित्वसँग सल्लाह सुझाब लिएर अगाडि बढ्न सुझाब दिनुभयो ।
नेता घिमिरेले चुनाबका बेला फरक फरक नारा बोकेर धुर्बीकरण भएर भएपनि यो बेला समृद्ध सितगंगा बनाउन लाग्नुपर्ने बताउनुभयो । नेपाली काग्रेस र नेकपाका नेताले पुर्वाग्राही नराखी बिगतका कुरा बिर्सेर हातमा हात मिलाई सबै पार्टीका नेता कार्यकर्ता नगर बिकाशमा एक ढिम्का भएर अघि बढ्न सुझाव दिनुभयो ।
जिल्ला समन्वय समितीका संयोजक पिताम्बर शर्मा भुसालले सितगंगा भित्र रहेको प्राकृतिक सम्पदा वन, गिट्टी बालुवा र पानीलाई संरक्षण गरि सहि सदुपयोग गर्न सकेमा सितगंगा बिकाशका लागि प्रयाप्त बजेट जुटाउन सकिने बताउनुभयो ।
नगर प्रमुख सुर्य प्रसाद अधिकारीले नगर बिकाशमा आफु लागी परेको बताउनु भएको छ ।
प्रमुख प्रशासकिय अधिकृत नारायण प्रसाद भण्डारीको स्वागत र माधव बन्जाडेको संचालनमा सम्पन्न कार्यक्रममा उपमेयर टीका रेश्मी मगर, नेकपाका नेता पिताम्बर सारू, सुरेन्द्र बेल्बासे, ज्योति बहुमुखी क्याम्पस संचालन समितीका अध्यक्ष कुमार केसव सिंह बेल्बासे, नेपाली काग्रेस जिल्ला सचिव छबिलाल पौडेल लगायतले मन्तब्य राख्नु भएको थियो । कार्यक्रमा बोल्ने बक्ताहरूले फुटेर होईन जुटेर नगर बिकासमा एक हुनु पर्नेमा जोड दिएका थिए ।

प्रकाशित मिति : ६ कार्तिक २०७५ मंगलबार ००:००  १ : ५४ बजे